सङ्घीयतामा प्रश्न चिन्ह : नेता कोइराला 



नवलपरासी ।

नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा.शशाङ्क कोइरालाले सङ्घीयता कसैको  मनमस्तिष्कमै नभएकोले यसमा प्रश्न चिन्ह लागेको बताएका छन्  ।
कोइरालाले सङ्घीयता संविधानमा लिपिबद्ध भए पनि केन्द्र  र स्थानीय तहले मात्र अधिकार प्रयोग गरिदिँदा बिचकाे तह ओझेलमा रहेको बताए ।
सङ्घीयता राम्रो पद्धति हाे, यसलाई चलायमान गर्न मानसपटलमा परिवर्तन जरुरी छ कोइरालाको भनाइ थियाे ।

बिहीबार नवलपरासी पूर्व स्थित प्रजातन्त्र सेनानी स्वर्गीय नेत्र प्रसाद भुसाल पत्रकारिता अक्षयकोष घाेषणा समारोहमा प्रमुख अतिथि कोइरालाले सञ्चारकर्मी माझ साे बिचार राखेका हुन् ।

अर्को प्रश्नमा डा. कोइरालाले आउँदो काँग्रेस महासमिति बैठकमा हिन्दु धर्म र सङ्घीयता एजेन्डा बनेर आउँछ भन्दै  धर्ममा सबैको विश्वास हुने भएकाले निरपेक्ष भन्ने नेगेटिभ शब्द हाे धर्ममा सापेक्ष निरपेक्ष केही  रहनु हुदै भने।

काँग्रेस नेता कोइरालाले सरकार परिवर्तन र गठबन्धनका सम्बन्धमा दलीय सहमति अनुसार यसले निरन्तरता पाउने बताए ।

स्वर्गीय भुसालकाे  स्मृतिमा स्थापित  १ लाख राशीकाे अक्षयकोषकाे चेक भुसाल परिवारद्वारा नेपाल प्रेस युनियन नवलपुर शाखालाई हस्तान्तरण गरिएकाे थियाे ।
अक्षयकाेषबाट प्राप्त आयले जिल्लामा क्रियाशील रही प्रजातन्त्र र समाज रूपान्तरणका बिषयमा कलम चलाउने पत्रकार सम्मानित गरिने काेषका संरक्षक झपेन्द्रेश्वर भुसालले बताए ।

अक्षयकाेष घाेषणा कार्यक्रममा  भुसालले समाजवादी शैलीमा  आफ्ना कान्छा छाेरा मिलन र बुहारी दिक्षाकाे शुभ विवाहमा वर वधूलाई आशीर्वाद दिन चियापानको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्