रोनाल्डोको अल नासरले मेसीको इन्टर मियामीलाई हरायो

1.22k
Shares

काठमाडौं ।

साउदी अरेबिया भ्रमणमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो।

अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए। इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो।

यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो। यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा आएका थिए।