सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। दुई नेताबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा दुई नेताबीच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ। माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्