रंगेलीको हातैले उघाएरमा नृत्य प्रतिस्पर्धा



काठमाडौं ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म रंगेलीले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ।

फिल्ममा समावेश गीत हातैले उघाएरको अडियोमा नृत्य गरी सो भिडियो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरे युमिडिजी स्मार्टफोन प्राप्त गर्ने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए।

प्रतिस्पर्धामा सहभागी हुनेमध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्नेछन्। भिडियो आगामी माघ २७ गतेसम्ममा पोस्ट गरिसक्नुपर्ने प्रावधान राखिएको छ।

गत साता रिलिज गरिएको सो गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सगीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ। फिल्स्म भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन्। कोरियोग्राफी शिशिर खातीले गरेका छन्।

अर्जुन सुवेदीद्वारा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

फिल्मका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठद्वारा निर्मित फिल्ममा कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता, युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता तथा विवेक खड्का एसोसियट निर्माता छन्।

अमेरिकामा कलाकारसहित भीआईपी रेड कार्पेट प्रिमियर गरिने फिल्म नेपालसँगै नेपालीहरूको बसोवास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्