सकियो भुठान



काठमाडौं ।

नेपाली निर्देशकद्वारा निर्देशित तथा नेपालीमा भुठान र अंग्रेजीमा द वर्ल्ड ह्यापियस्ट म्यान छुट्टाछुट्टै नामाकरण गरिएको हलिउड नेपाली फिल्मको सम्पूर्ण छायांकन हालै सकिएको छ।

विनोद पौडेलद्वारा निर्देशित फिल्ममा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, ऋचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, जोयश पाण्डे र विमल सुवेदी, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका अभिनेता ब्रुस डनलगायत विभिन्न कलाकारले अभिनय गरेका छन्।

‘यो नेपालको लागि पहिलो युनियन फिल्म हुनेछ। यसमा बु्रस डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक पनि जोडिएका छन्, जसले गर्दा यस प्रविधिक पक्ष अत्यन्तैै सबल भएको र कथा पनि विश्वले आत्मसात् गर्ने विश्वास लिएको छु’ लेखक, निर्देशक पौडेलले भने। फिल्म २०२४ को अन्त्यसम्म दर्शक सामु ल्याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्