युनिभर्सिटी अफ गुण्डाजबाट फर्कंदै सलिनमान



काठमाडौं ।

अभिनेता सलिनमान बनियाँले फिल्म यात्रा : अ म्युजिकल भ्लग रिलिजको करिब पाँच वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने भएका छन्।

सलिनको मुख्य भूमिका रहने फिल्म युओजी (युनिभर्सिटी अफ गुण्डाज) निर्माणको घोषणा हालै गरिएको छ। फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिनमान र सलोन बस्नेतलाई एक्सन मुडमा प्रस्तुत गरिएको छ।

पोस्टरको पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ। सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको छ।

फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुनेछ। सलोन र सलिनमानले ए मेरो हजुर–२ र यात्रापछि तेस्रोपटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।

फिल्म आगामी वैशाख जेठबाट सुटिङ फ्लोरमा जानेछ। पूर्णरूपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन फिजिकल वर्कआउट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्