राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी कमलामाईले जित्यो



सिन्धुली ।

१२औँ सिन्धुली जिल्लास्तरीय राष्ट्रपनि रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ । कमलामाई नगरपालिका –६, खुल्लामञ्च खेलमैदानमा भएको प्रतियोगितामा ३१ पदक जितेर कमलामाई पहिलो भएको हो ।

कमलामाई नगरपालिका १७ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेको छ । १४ स्वर्ण, १३ रजत र ९ कास्य गरी ३६ पदक जित्दै दुधौली नगरपालिका दोस्रो भएको छ । ५ स्वर्ण, ८ रजत र १ कास्य गरी १४ पदक जितेर तीनपाटन गाउँपालिका तेस्रो भयो । ५ स्वर्ण, ६ रजत र १३ कास्य गरी २४ पदक जितेर फिक्कल गाउँपालिका सानत्वना भएको छ ।

मरिण गाउँपालिकाले ५ स्वर्ण, ४ रजत, ४ कास्य, हरिहरपुरगढी गाउँपालिकाले ३ स्वर्ण, ६ रजत, ६ कास्य पदक जितेको छ । गोलन्जोर गाउँपालिकाले ३ स्वर्ण, ५ रजत र ६ कास्य, सुनकोशी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दा घ्याङलेख गाउँपालिकाले भने प्रतियोगितामा कुनै पनि पदक जित्न सकेन ।

प्रतियोगीहरुलाई कमलामाई नगरपालिका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोईराला, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाल, प्रहरी उपरिक्षक राजकुमार सिलवाल लगाएतले पुरस्कार, पदक, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका छन्  ।

तीन दिनसम्म संचालित प्रतियोगितामा भलिबल, कवड्डीमा महिला पुरुष, कराँते, तेक्वान्दो, एथलेटिक्स (महिला पुरुष) दौड प्रतियोगिता रनिङशील्डमा समावेश गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्