यात्रुको झोलाबाट पैसा चोरी गर्ने एक जना विमानस्थलबाट पक्राउ



काठमाडौं ।

यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका ३ घर भई काठमाडौं काँडाघारी बस्ने देव बहादुर सुनार पक्राउ परेका हुन् ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो।

साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्