२१ वर्षीया युवती मृत फेला



सर्लाही । सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला परेकी हुन् ।

मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् । जसले घटना शंकास्पद देखिएको हो । मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ ।

मृतक पूजाका पति छोटेलाल र ससुरा जयनारायण फरार भए पनि सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्