जुम्लामा बिहानैदेखि हिमपात, हवाई सेवा अवरूद्ध

0
Shares

जुम्ला ।

जुम्लामा आज (बिहीबार) बिहानैदेखि हिमपात सुरु भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो।

अहिलेसम्म सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ। ढिलोगरी हिमपात भए पनि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन्।

जुम्लामा यसवर्षको हिउँदेयाममा भएको यो पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए।

जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ। स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ।

जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ।

Skip This