बहराइनलाई हराउँदै जापान एसियन कपको क्वाटरफाइनलमा



काठमाडौं ।

जापान एसियन कपको क्वाटरफाइनलमा पुगेको छ। बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापान बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए। त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए।

यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ। त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्