ओसासुनामाथि बार्सिलोनाको जित



काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ। गए राती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अङ्क भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।

त्यसैगरी ओसासुनाको २२ खेलमा ३६ अङ्क रहेको छ र लिगमा १२औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्