ज्ञानोदय र संस्कृति क्वार्टरफाइनलमा



काठमाडौं ।

ज्ञानोदय बालवाटिका र संस्कृति १०औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

स्वयम्भूस्थित आयोजक द एक्सिेल्सियर स्कुलको कोर्टमा ज्ञानोदयले बोधीसत्वलाई १०–४ ले पराजित गर्दा विजेता टोलीकी रिस्ता टिजाले ४ अंक योगदान गरिन्। जुरी थपलियाको ३ अंक सहयोगमा संस्कृतिले द चाँदबागलाई १०–७ ले हरायो।

सिनियर गर्ल्समै रिब्स एक्सेल्सियरलाई ६–२ ले पाखा लगाउँदै अन्तिम आठमा पुग्यो । रिब्सकी खुशी अधिकारीले ५ अंक जोडिन् ।

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्ड अन्तिम आठमा प्रवेश गरेका छन्। समूह ‘डी’ को लिग खेलमा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्डले १–१ गोलको बराबरी खेले। निःसर्ग वाटिकाले एक्सेल्सियर ‘नीलो’ लाई ४–० ले पराजित गर्दै अन्तिम आठमा पुग्यो।

यु–१२ मा सेक्रेड हार्टले काष्ठमण्डपलाई ४–०, किड्स लर्निङले रिब्सलाई २–० र न्यु एरालाई ३–० तथा रिब्सले न्यु एरालाई २–० गोलले पराजित गरे।

यु–१३ मा निसर्ग वाटिकाले एलआरआईलाई २–१ र एनआईसीलाई ३–२, एक्सेल्सियर ‘पहेलो’ ले काष्ठमण्डपलाई १–०, काष्ठमण्डपले एनआईसीलाई २–०, एलआरआईले एनआईसीलाई १–० तथा न्यु एराले एक्सेल्सियर ‘रातो’ लाई २–० गोलले हराए।

प्रतिक्रिया दिनुहोस्