अक्षरिका क्वार्टरफाइनलमा



काठमाडौं ।

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा अक्षरिकाले प्रीतिमालाई ३३–१२ ले पराजित गर्‍यो । विजयी टिमका लागि रविन मगरले १२ स्कोर गरे।

सिनियर ब्वाइजमै द ब्रिटिस स्कुलले गोल्डेन बडलाई २३–१९, विद्या विकासले ब्रम्हकुञ्जलाई ३६–१२ र गेटवे एकेडेमीले युरोलाई ४४–४१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरे।

सिनियर गल्र्समा ब्रिटिसले विद्या विकासलाई २३–११, एमसीडिएसले गोल्डेन बडलाई १३–६ र बीआईएसले युरोलाई १४–७ ले पाखा लगाउँदै अन्तिम आठमा पुगे।

प्रतिक्रिया दिनुहोस्