भ्याली पब्लिक बास्केटबलमा ७५ टोली



काठमाडौं ।

भ्याली पब्लिक स्कुलको आयोजनामा हुने १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ७५ टोलीको सहभागिता रहने भएको छ।

बिहीबारदेखि शुरु हुने प्रतियोगितामा सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा २४ र जुनियर ब्वाइजमा ३१ टोलीले भाग लिनेछन्।

लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले जानकारी गराए।

यो संस्करणदेखि विजेता र उपविजेता टिमलाई नगद पुरस्कार पनि प्रदान गरिने अनुसार विजेताले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गर्नेछन्।

माघ २६ गतेसम्म भंगालस्थित आयोजकको कोर्टमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने भ्याली पब्लिकका प्रशासन विभाग प्रमुख महेश अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्