आयल निगमले बढायो खाना पकाउने ग्यासको मूल्य



काठमाडौँ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो।

यससँगै अब ग्यासको मूल्य १९ सय १० कायम भएको छ। यसअघि ग्यास १८९५ मा पाइन्थ्यो।

यस्तै, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २-२ रुपैयाँ मूल्य वृद्धि भएको छ। अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्