बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन



नवलपुर।

नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला  अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए ।

बसचालक २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुरका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्