३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान


काठमाडौँ।

सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् । गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।

गोरेसँग लिएको बयानको विस्तृत विवरण भने आयोगले खुलाएको छैन।

त्यस्तै गत साउन २ गते त्रिभुवन् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद प्रकणमा छानबिन गर्न गठित समितिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख एआइजी किरण बज्रचार्यसँग बयान लिएको छ ।

लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।