सुनको मूल्य बढ्यो 

0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार लगातार ३ दिन देखी बढेको सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दुई दिन पनि सुनको भाउ क्रमशः प्रतितोला ३००–३०० रुपैयाँले बढेको थियो। यसअघि मंगलबार सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो। यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ।

आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

Skip This