उज्बेकिस्तान एसियन कपको क्वाटरफाइनलमा



काठमाडौं ।

उज्बेकिस्तानले थाइल्यान्डलाई पराजित गर्दै एसियन कपको क्वाटर फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानले थाइल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले एक एक गोल गरेका थिए। त्यस्तै थाइल्यान्डका लागि एक गोल सुपाचोक साराचाटले गरेका थिए।

यो जितसँगै उज्बेकिस्तान क्वाटरफाइनलमा पुगेको छ र अब क्वाटरफाइनलमा उज्बेकिस्तानले आयोजक कतारको सामना गर्ने छ। त्यस्तै यो हारपछि  थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्