भुसाल फेरि तीन महिने कामचलाउ उपकुलपति



काठमाडौं ।

सरकारले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई फेरि बढीमा ३ महिनासम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएको छ।

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भुसाललाई तीन महिनाका लागि जिम्मेवारी दिने निर्णय गर्नुभएको हो।

भुसाललाई दैनिक कार्यसञ्चालन गर्ने गरी उपकुलपतिको जिम्मेवारी दिइएको हो। उहाँले दूरगामी असर पर्ने गरी कुनै निर्णय गर्न पाउनुहुने छैन । उहाँ कामचलाउ उपकुलपतिको रूपमा रहनुहुने बताइएको छ।

यसअघि पनि भुसाललाई तीन महिनाका लागि जिम्मेवारी दिइएको थियो । नयाँ उपकुलपति नियुक्त भइनसकेकाले दैनिक कार्यसञ्चालन गर्नका लागि उहाँलाई बढीमा तीन महिनासम्मको लागि जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्