बाँदर नियन्त्रण गर्न पोखरामा ‘मेरो रूख म काट्छु अभियान’



काठमाडौं ।

पोखरा महानगरपालिका-१९ ले बाँदर नियन्त्रणको लागि ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ।

पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार सूचना निकालेर वडावासीलाई आफ्नो घर वरपरको रुख १० दिनभित्र काट्न भनेका हुन्।

‘आजको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ।

वडाध्यक्ष पाण्डेले निकालेको उक्त सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले वडाध्यक्षको निर्णयको आलोचना गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्