साफ यु–१९ खेल्ने नेपाली टोलीको बिदाइ



काठमाडौं ।

बंगलादेशमा हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।

बुधबार बंगलादेश जाने सो टोलीका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्ने २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी चार टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

यु १९ टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह, गोलकिपिङ प्रशिक्षक शैलेश कर्माचार्य तथा व्यवस्थापकमा इन्दु दुवाल छन्। त्यस्तै, टोलीको फिजियोमा प्रिया लामा, अफिसियलका मनीष शाक्य र टोली नेतामा सुशील सुवेदी छन्।

नेपाली राष्ट्रिय महिला यु–१९ टोलीकी कप्तान सारा बज्राचार्यले कम तयारीका बावजुद टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताइन्। त्यस्तै, मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पनि खेलाडीको प्रशिक्षण राम्रो भएकाले सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा शुरु गर्नेछ। दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ।

फाइनल माघ २५ गते हुनेछ। सबै खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्