फिल्म फेयर अवार्ड रणवीर र आलियालाई



काठमाडौं ।

बलिउडको प्रतिष्ठित फिल्म अवार्ड फिल्म फेयर अवार्डको ६९औं संस्करण सम्पन्न भएको छ।

आइतबार गुजरातको गान्धीनगरस्थित गिफ्ट सिटीमा सम्पन्न अवार्ड समारोहमा टुवेल्थ फेल फिल्म सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने सोही फिल्मबाट विधुविनोद चोपडाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड चुमेका छन्।

पटकथाको अवार्ड पनि यो फिल्मले नै जितेको छ। फिल्म एनिमलबाट रणवीर कपुरले सर्वोत्कृष्ट अभिनेताका तथा रकी और रानीकी प्रेम कहानीबाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्री, सोही फिल्मबाट शबाना आजमीले सह–अभिनेत्री र इशिता मोइत्राले संवादको अवार्ड चुमिन्। त्यस्तै, डंकीबाट विक्की कौशलले सह–अभिनेताको अवार्ड चुमे।

भारतीय फिल्ममा दिएको योगदानको लागि निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो।

फिल्म ओएमजी–२ लाई कथा, एनिमलको अर्जुन वैली बोलको गीतका लागि भूपेन्द्र बब्बलले पाश्र्व गायक, पठानको गीत बेसरम रंगको लागि शिल्पा रावले पाश्र्व गायिकाको अवार्ड चुम्दा डेब्युतर्फ फिल्म फराजबाट आदित्य रावल अभिनेता, फर्रेबाट अलिजेह अग्निहोत्री अभिनेत्री र धकधकबाट तरुण डुडेजाले निर्देशकको अवार्ड चुमे।

समीक्षकतर्फ जोरामले सर्वोत्कृष्ट फिल्म मिसेस चटर्जी भर्सेस नर्वेबाट रानी मुखर्जीले र थ्री अफअसबाट शेफाली शाहले अभिनेत्री, टुवेल्थ फेलबाट विक्रान्त मेसिदले अभिनेताको अवार्ड चुमे।

प्राविधिकतर्फको पुरस्कार यसअघि नै घोषणा भइसकेको थियो। जसमा शाहरुख खानको फिल्म जवानले बेस्ट एक्स रकी और रानीकी प्रेम कहानीको ह्वाट झुम्का गीतका लागि गणेश आचार्यले सर्वोत्कृष्ट कोरियोग्राफको अवार्ड पाए।

प्रतिक्रिया दिनुहोस्