मुकुन्दराजको स्मृतिमा जुत्तामोजा वितरण



काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ तथा समाजसेवी सिर्जना सिंहले श्रीकृष्णमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई जुत्ता र मोजा वितरण गर्नुभएको छ।

नेपाली कांग्रेसका प्रजातन्त्र सेनानी स्वर्गीय मुकुन्दराज राजोपाध्यायको २९औं स्मृतिमा आयोजित कार्यक्रममा जुत्तामोजा वितरण गरिएको हो।

न्ह्योखास्थित श्रीकृष्णमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जुत्ता र मोजा वितरण गर्न स्वर्गीय राजोपाध्यायका छोरा दीपक राजोपाध्याय तथा नाति दिमन राजोपाध्यायले अस्ट्रेलियाबाट सहयोग गर्नुभएको थियो।

नेपाली कांग्रेसकी नेतृ सिंहले जाडोका बेला बच्चाहरूलाई जुत्ता मोजा दिन पाएकोमा खुसी लागेको बताउनुभयो। उहाँले यस्तै सहयोग आवश्यक भएको पनि बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक राजेश महर्जनले पनि निम्न आय भएका विद्यार्थीका लागि यस्तो सहयोग आवश्यक भइरहने बताउनुभयो।

उहाँले दाताहरूले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्