प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदै छ।

प्रतियोगितामा अहिलेसम्म  नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अङ्कनै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अङ्कसहित चौथो स्थानमा रहेका छन्।

त्यस्तै एपीएफ क्लब ७ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ७ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर छैटौं स्थानमा रहेको छ। कर्णाली प्रदेश ८ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अङ्क हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौँ स्थानमा छ।

त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्