नेपाल बक्सिङ महासंघले उपसमितिहरु गठन गर्ने



काठमाडौं  । 

नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निणर्य गरेको छ । महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा ललितपुरको हात्तीवनस्थित क्लासिक ब्याङ्केटमा सम्पन्न तेस्रो बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निणर्य गरेको हो ।

महासंघका महासचिव मान बहादुर भण्डारीका अनुसार तेस्रो पुणर् कार्यसमिति बैठकले आर्थिक उपसमितिको संयोजकमा महासंघका अध्यक्ष राम अवाले, निति तथा कार्यक्रम तर्जुमा उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्राविधिक उपसमिति संयोजकमा पुष्करराज पन्त, प्रशिक्षक उपसमिति संयोजकमा प्रचण्ड शर्मा, रेफ्रीरजज उपसमिति संयोजकमा सविन भट्टचार्य, अनुशासन उपसमिति संयोजकमा अर्जुन बहादुर के।सी, छनौट उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्रतियोगिता उपसमिति संयोजकमा रामबहादुर गिरी, स्कुल कमिशन संयोजकमा श्यामकाजी अवालेलाई चयन गर्ने निणर्य गरेको छ । महासंघको सचिवालय स्तरको बैठकले यसअघि गरेको निणर्यहरुलाई पनि बैठकले अनुमोदन गरेको छ ।

त्यस्तै, महासंघले आगामी वर्षको कार्यक्रममा स्कुल, जुनियर, युथ, ईलाईट र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने र एसबीसी, आएबीए तथा आएओसीका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ब्यापक सहभागी गराउने निणर्य गरेको छ । बैठकले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कभर्डहल निर्माण कार्य अघि बढाउने, त्रिपुरेश्वरस्थित महासंघको केन्द्रीय कार्यालयलाई ब्यवस्थित गर्ने, प्रशिक्षक तथा रेफ्रिरजज तालिम सञ्चालन गर्ने, बक्सिङ खेल विकास र विस्तारका लागि विधालय स्तरमा आवश्यक जनचेतनामूलक कार्यक्रम तथा गोष्ठी सञ्चालन गर्ने समेत निणर्य गरेको छ ।

सोफिया शहरमा बुल्गेरिया बक्सिङ महासंघले आयोजना गरेको ७५औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आएबीएद्वारा सञ्चालित थ्री स्टार रेफ्रीरजज शर्टिफिकेशन कोर्षमा सहभागी हुन लागेका टु स्टार रेर्फीरजज धनकुमार मैनालीलाई परीक्षा सफलताको शुभकामना दिदै अध्यक्ष तथा पदाधिकारीले बिदाई समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्