सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण



काठमाडौं ।

नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशमा शुक्रबार सम्पन्न बंगबन्धु शेख मुजिब अन्तर्राष्ट्रिय ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्दै राष्ट्रिय कीर्तिमान समेत बनाएकी छन् ।

स्वर्ण जितेकी सन्तोषीले पहिलो पटक उक्त म्याराथनमा भाग लिएकी हुन् । सन्तोषीले निर्धारित दूरी ९४२।१९५ किलोमिटर० २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन् । सन्तोषीले गत वर्ष पुष्पा भण्डारीले सोही प्रतियोगितामा कायम गरेको दुई घन्टा ४८ मिनेट ०२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । उनले हाफ म्यारथनमा भने प्रतिस्पर्धा गर्दै आएकी थिइन् ।

पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्दै पुष्पा भण्डारीले रजत जितेकी छन् । बंगबन्धुमा पुष्पाले यसअघि दुई स्वर्ण र एक कास्य पदक जितेकी थिइन्। सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सन्तोषीले १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेकी थिइन् । यसैगरी पुष्पा सागको म्याराथनमा रजत पदक विजेता हुन् ।

बंगबन्धु म्याराथन पुरुषतर्फ खड्गबहादुर खड्काले कास्य पदक जितेका छन्। उनले २ घन्टा १८ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरेका थिए। यसअघि नेपालगञ्ज म्याराथनले ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार , रजतलाई १५ हजार र कांस्य पदक जित्नेलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्