पीएम कपमा मधेश र बागमती प्रदेश विजयी



काठमाडौं ।

पीएम कप अन्तर्गत विहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् । टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ३३६ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३९।५ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले अनिल शाहको १२७ तथा अरनिको यादवको ६३ रनको मद्दतले ५० ओभरमा ५ विकेट गुमाउदै ३३५ रन बनाएको थियो ।

यो जितपछि मधेश प्रदेशको ८ खेलमा ५ जितसहित १० अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै गण्डकी प्रदेशको भने ६ खेलमा ४ अंक रहेको छ र आठौँ स्थानमा छ ।

त्यस्तै विहिबार नै मुलपानी मैदानमा सम्पन्न अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । बागमती प्रदेशले दिएको २४८ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ३०३ ओभरमा अल आउट हुदै १५० रन मात्र बनाएको थियो । यस अघि बागमती प्रदेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो । यो जितपछि बागमती प्रदेश ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिमको भने ६ खेलमा ८ अंकसहित पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्