घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बिहिबार घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन स्थिर रहेको सुनको मूल्य बिहीबार भने घटेको हो।

आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। यता, आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्