मीनबहादुर भामको साम्बला बर्लिन फिल्म फेस्टिभलमा छनोट



काठमाडौं ।

अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म छानिएको छ।

निर्देशक मीनबहादुर भामद्वारा निर्देशित फिल्म साम्बला बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छानिएको हो। सोमबार ललतिपुरमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको थियो।

कार्यक्रममा बर्लिन फल्मि फेस्टिभलको लाइनअपको घोषणालाई समेत प्रत्यक्ष रूपमा देखाउनुका साथै फिल्मको पोस्टरसमेत सार्वजनिक गरिएको थियो।

बर्लिन फिल्म फेस्टिभलको यस विधामा छनोट हुने साम्बला पहिलो फिचर फिल्म हो। साम्बलामा उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्नो देवरका साथमा श्रीमान्को खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको छ।

फिल्ममा भामको साथमा अनिश विक्रम शाहको लेखन रहेको छ। भाम निर्देशित पहिलो फिल्म कालोपोथी नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको थियो भने भेनिस फिल्म फेस्टिभलमा पनि प्रिमियर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्