उर्फीपछि अनन्याको अनौठो पहिरन



एजेन्सी ।

बलिउड फिल्म नगरी यस्तो फिल्म नगरी हो, जहाँ कलाकारहरू आफ्नो कामको साथमा उनीहरूले लगाएको कपडा र फेसन सेन्सका कारण बेला–बेलामा चर्चा र ट्रोलको शिकार हुने गर्छन्।

कतिपय अभिनेत्री त कामभन्दा बढी विभिन्न फन्डा र फेसनका कारण चर्चामा आउने गर्छन्। बलिउडमा फेसन सेन्स र लुक्सकै कारण भाइरल हुनेमध्ये मोडल तथा फेसन डिजानर उर्फी जावेद पनि हुन्।

हालै अभिनेत्री अनन्या पाण्डेलाई पनि उनले पहिरेको कपडाको आधारमा उर्फीको दाँजोमा पुर्‍याएको छ। हालै अनन्याको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

जसमा उनले जालीदार पहिरन र हातमा जालीदार गोलाकार आकारको झुलजस्तै वस्तु हातमा बोकेर  र्‍याम्प वाक गरिरहेकी देखिन्छिन्।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले उनको यो लुक्सप्रति विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन्। धेरैजसोले भने उनलाई उर्फी जावेदस“ग तुलना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्