एमीमा सक्सेसन र द बियरलाई बराबर अवार्ड



काठमाडौं ।

विश्व प्रतिष्ठित एमी अवार्डको ७५औं संस्करण अमेरिकाको लस एन्जल्समा सम्पन्न भएको छ। हलिउड आन्दोलनका कारण निर्धारित मितिमा हुन नसकेको अवार्ड मंगलबार सम्पन्न भएको हो।

अवार्ड समारोहमा फिल्म सक्सेसन र द बियरले सर्वाधिक ६/६ अवार्ड जितेको छ। कमेडी ड्रामा टेलिभिजन सिरिज सक्सेसनले आउटस्ट्यान्डिङ ड्रामाका साथमा त्यसबाट मार्क माइलडले निर्देशक, काइरन कल्किनले प्रमुख अभिनेता, सारा स्नोकले प्रमुख अभिनेत्री, म्याथु म्याकफेडेनले अभिनेता र जेसी आमस्ट्रङले लेखन गरी कुल ६ अवार्ड जितेको छ।

द बियरले भने आउस्ट्यन्डिङ कमेडी सिरिजका साथमा सोही सिरिजबाट क्रिस्टोफर स्टोररले लेखन र निर्देशन, जेरेमी एलिन ह्वाइटले प्रमुख अभिनेता, आयो एडिबिरीले प्रमुख अभिनेत्री र इबोन मोस–बाचराचले सह–अभिनेताको अवार्ड चुमे।

बिफले आउस्ट्यान्डिङ लिमिटेड सिरिजको अवार्ड जित्दा बिफकै लागि स्टेभन युअुनले प्रमुख अभिनेता, अलि वोङले अभिनेत्री र लि सुङ जिनले ए लिमिटेड अर एन्थोलोजी सिरिज अर मुभी लेखनको अवार्ड जिते।

अवार्डमा द ह्वाइट लोटसबाट जेनिफर कोलिजले ड्रामा सिरिजअन्र्तगतको सह अभिनेत्री, एबोट इलिमेन्ट्रीबाट क्विन्टा ब्रुसनले कमेडी सिरिजअन्र्तगतको अभिनेत्री, ब्ल्याक बर्डबाट पल वाल्टरले लिमिटेड टेलिभिजन सह–अभिनेता, डाहमर–मोन्स्टर : द जेफ्री डाहमर स्टोरीबाट निसी नास–बेट्सले लिमिटेड टेलिभिजन सिरिजअन्र्तगतको सह–अभिनेत्री, रुपल्स ड्राग रेसले रियालिटी–कम्पिटिसन सिरिज, द डेली शो अफ ट्रेभर नोआले आउटस्ट्यान्डिङ टक सिरिज, लास्ट विक टुनाइट विथ जोन ओलिभरले स्क्रिप्टेड भेराइटी सिरिज र एल्टोन जोन लाइभ : फेयरवेल फ्रम डोजर स्टेडियमले भेराइटी स्पेसल अवार्ड चुमेको छ।

प्रतिक्रिया दिनुहोस्