सीई कार्पोरेट टी-१० क्रिकेट हुने



काठमाडौं ।

भवन तथा भौतिक पूर्वाधार निर्माण क्षेत्रका अग्रणी संस्था सीई कन्स्ट्रक्शन प्रा लि को आयोजनामा प्रथम टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कर्पोरेट संस्थाका कर्मचारीहरुबीच आगामी माघ ५ र ६ गते उक्त प्रतियोगितामा हुने भएको हो । ८ ए साइड प्रारूपमा हुने दुई दिने उक्त प्रतियोगितामा १० ओभरको खेल हुनेछ । जसअनुसार प्रत्येक टोलीमा आठजना खेलाडीले प्रतिस्पर्धा गर्नेछ । ११ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगितामा चार समूह विभाजन गरी खेलाइनेछ । प्रत्येक समूहमा रहने तीन टोलीबीच राउण्ड रोबिनको आधारमा खेलाइनेछ भने समूहमा पहिलो र दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा उपाधि विजेता तथा उपबिजेता हुने टोलीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी प्लेयर अफ द टूर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र म्यान अफ द म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । कलश इभेन्ट्स प्रा लि को ब्यवस्थापनमा हुने उक्त प्रतियोगिता ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्ट्स एण्ड इभेन्ट्स एकेडेमीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्