आलियाको ठाउँमा अब जान्ह्वी



काठमाडौं ।

बलिउड अभिनेत्री जान्ह्वी कपुर सामाजिक सञ्जालमा सबैभन्दा बढी भाइरल हुने स्टार किड हुन्। उनी जे–जसो गरे पनि सामाजिक सञ्जालमा भाइरल हुने गर्छिन्।

उनी फिल्ममा पनि आफूलाई ठिकठाक प्रदर्शन गरिरहेकी छिन्। यी स्टारले अब बलिउड फिल्म नगरीमा आफ्नो खास स्थान निर्माण गरिसकेकी अर्की अभिनेत्री आलिया भट्टलाई रिप्लेस गर्ने भएकी छन्।

तर, यो रिप्लेसमेन्ट कुनै फिल्मका लागि भने होइन। वास्तवमा यो महिना बलिउडकै प्रतिष्ठित फिल्म अवार्ड फिल्म फेयर अवार्ड हुँदैछ। आगामी जनवरी २८ मा बलिउडकै शानदार यो अवार्ड हुँदैछ।

यो अवसरमा कयौं बलिउड स्टार सामेल हुँदैछन्। पछिल्लो पटकको फिल्म फेयर अवार्ड वरुण धवनले होस्ट गरेका थिए। यसपटक पनि वरुण सो अवार्डको होस्ट रहनेछन्। तर, यसमा एउटा बदलाव भने हुनेछ।

पोहोर साल यो अवार्ड फक्सन वरुणका साथमा अभिनेत्री आलिया भट्टले होस्ट गरेका थिए। यसपटक भने बलिउडको शान मानिएको यो अवार्ड समारोहमा आलियाको ठाउँमा जान्ह्वी कपुरलाई रिप्लेस गरिएको छ।

यो वर्ष वरुण, जान्हवी र करण जौहरलाई फिल्म फेयर अवार्ड २०२४ होस्ट गर्दै गरेको देखिनेछ। यस वर्षको फिल्म फेयर अवार्ड गुजरातको गान्धीनगरमा हुने र अवार्ड समारोह दुई दिनसम्म चल्ने टीभी ९ ले जनाएको छ।

रणवीर कपुर, करिना कपुर खान, कार्तिक आर्यन, सारा अलि खान, वरुण धवनजस्ता स्टारले यस वर्षको फिल्म फेयर अवार्डमा परफमेन्स गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्