एक्टरमा प्रदीपसँगै आना


काठमाडौं ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म एक्टरमा नायिकाको रूपमा आना शर्मालाई अनुबन्धित गरिएको छ। आनाले एक्टरमा साइन गरेसँगै पर्दामा पहिलोपटक प्रदीप र आनाको जोडी देखिने भएको छ।

फिल्म एक्टरलाई लिएर आफू निकै उत्साहित भएको नायिका आना शर्माले बताइन्। एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने नको भनाइ छ।

राजन भुसालको निर्देशनमा बन्ने फिल्म अदृत फिल्मसको प्रस्तुतिमा थमन कुमार भण्डारीले निर्माण गर्न लागेका हुन्। फिल्मको छायांकन केही महिनामा शुरु हुनेछ। फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने योजना निर्माण पक्षको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।