अभिनेता विनमाथि उत्पीडनको आरोप



एजेन्सी ।

हलिउड अभिनेता विन डिजललाई उनकी पूर्व सहयोगीले यौन उत्पीडनको आरोप लगाएकी छन्। बुधबार लस एन्जलसमा उनकी पूर्वसहयोगी आस्टा जनसनले केस दर्ता गर्दै अभिनेतामाथि गम्भीर आरोप लगाएकी हुन्।

उनले सन् २०१० मा एट्लान्टामा फिल्म फास्ट फाइभको सुटिङको समयमा आफूमाथि दुर्व्यवहार गरेको उल्लेख गरेकी छन्। उनले आफूलाई होटलमा बोलाएर कोठाको ढोका बन्द गरी आफूमाथि दुर्व्यवहार गरेको र भाग्न नसक्ने गरी समातेपछि चिच्याएको उल्लेख गरेकी छन्।

विनले आफ्नो कम्पनीको सहयोगीको रूपमा उनको सामाजिक कार्यक्रमदेखि विभिन्न कार्यक्रमको व्यवस्थापन गर्ने र त्यसको लागि आफू उनको साथमा विभिन्न स्थानमा जानूपर्ने बाध्यता रहेको कारण धेरैपटक आफूमाथि दुर्व्यवहारको कोशिस भएको बताएकी छन्।

ग्लोबल स्टारको रूपमा ख्याती आर्जन गरेका अभिनेता विन सन् २०२३ मा सबैभन्दा बढी कमाउने अभिनेताको उत्कृष्ट दशको सूचीमा सामेल थिए।

प्रतिक्रिया दिनुहोस्