अरवाजको दोस्रो बिहे मेकअप आर्टिस्टसँग



एजेन्सी ।

बलिउड अभिनेता अरवाज खानले दोस्रो विवाह गरेका छन्। उनले सीमित आफन्त र परिवारजनको साथमा मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विवाह अरवाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो। ‘हाम्रा प्रियजनको सहभागितामा हामीले अन्ततः प्रेम र एकताको सुरुवात गरेका छौं। हामीलाई यो विशेष दिनमा तपाईंहरूको आर्शिर्वाद र शुभकामना चाहन्छौं’ उनले सामजिक सञ्जालमा लेखेका छन्।

५६ वर्षीय अरवाज र ४१ वर्षीया शुराको भेट फिल्म पटना शुक्लाको सेटमा भएको थियो। शूरा बलिउड अभिनेत्री रविना टन्डन र उनकी छोरी राशाको पर्सनल मेकअप आर्टिस्टसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्