हमास–इजरायल युद्धमा मारिने पत्रकारको सङ्ख्या ९९ पुग्यो



एजेन्सी ।

प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या ९९ पुगेको छ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा मारिने पत्रकारको सङ्ख्या ९९ पुगेको बताएको हो।

पछिल्लो पटक इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको एक घरमा बमबारी गरे पछि पत्रकार मुहम्मद खलिफा मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्