डलरको खरिददर १४९ रुपैयाँ ९९ पैसा, बिक्रीदर १५० रुपैयाँ ५९ पैसा


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा रहेको छ।

त्यसैगरी, युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङ २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलर १०४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार साउदी रियाल ४० रुपैयाँ १२ पैसा, कतारी रियाल ४१ रुपैयाँ ३१ पैसा र कुवेती दिनार ४८८ रुपैयाँ ९३ पैसामा कारोबार हुने गरी विनिमयदर तोकिएको छ।