महोत्तरीमा नवजात शिशु मृत फेला



महोत्तरी ।

महोत्तरीमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।

सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशुको शव फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताए।

नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्