काठमाडौँ ।
नेपाली कांग्रेसको १५ औैँ महाधिवेशनअन्तर्गत नया नेतृत्व चयनका लागि मनोनयन दर्ता भएसँगै नेतृत्वको औपचारिक प्रतिस्पर्धा सुरु भएको छ।
सभापति पदमा गगनकुमार थापा किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न पदमा उम्मेदवारीको संख्या बढेको छ। नया विधानअनुसार केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय र पदाधिकारी संख्या २६ पुगेपछि कांग्रेसको नेतृत्व चयनका लागि प्रतिस्पर्धा पनि फराकिलो बनेको छ।
राष्ट्रिय सभागृहमा मंगलवार भएको मनोनयनमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न पदमा उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ। निर्वाचन समितिले बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण गरी दिउ“सो १२ः३० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको व्यवस्था गरेको थियो । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । उहा“ले वारिसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियोे ।
उपसभापति पदमा भने प्रतिस्पर्धा फराकिलो देखिएको छ। खुला उपसभापतिका लागि डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल,गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिनुभएको थियो। समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर,जीवन परियार र रञ्जित कर्ण तथा महिला उपसभापतिमा पुष्पा भुसाल र सीता गुरुङको उम्मेदवारी परेको छ।
महामन्त्री पदमा पनि प्रतिस्पर्धा बढेको छ। महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी दिनुभएको छ भने खुला महामन्त्रीमा उदयशम्शेर राणा, शंकर तिवारी, सुनील शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले मनोनयन दर्ता गराउनुभएको छ । सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा समेत उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा महिलातर्फ प्रतिमा गौतम, खुलातर्फ देवेन्द्रराज क“डेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदी, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र मीन भाम तथा खस आर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी, दिनेश कोइराला र जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दिनुभएको छ । आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, थारुतर्फ तेजुलाल चौधरी र योगेन्द्र चौधरी, अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, मुस्लिमतर्फ अब्दुल सत्तर, मधेसीतर्फ अभिषेकप्रताप शाह र मनिषकुमार मिश्र तथा दलिततर्फ लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र नरेन्द्र पासवानले उम्मेदवारी दिनुभएको छ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १ सय ६७ बाट बढाएर २ सय ९७ सदस्यीय तथा पदाधिकारी संख्या १४ बाट २६ पु¥याएको छ । वरिष्ठ उपसभापति र महिला उपसभापतिसहित उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री ११ जना रहने नया“ संरचनाले पदाधिकारीमा प्रतिस्पर्धाको दायरा थप फराकिलो बनाएको हो।त्यसैगरी सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यबाट मनोनित प्रवक्ता एक र आवश्यकता अनुसार विषयगत रुपमा सह प्रवक्ता, प्रत्यक्ष निर्वाचित गरेका ४५ जना सदस्य, महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष निर्वाचित गरेका १५ जना सदस्य, प्रत्येक प्रदेशबाट एक जना महिलासहित चार जना रहने गरी प्रत्यक्ष निर्वाचित गरेका २८ जना सदस्य र काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई पद रहेका छन्।
दलित महाधिवेशन प्रतिनिधिमध्येबाट पा“च महिला र एक मधेशी दलितसहित चौध जना,आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिलासहित २० जना, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिलासहित १८ जना, मधेसी महाधिवेशन प्रतिनिधिमध्येबाट पा“च महिलासहित १३ जना, थारु महाधिवेशन प्रतिनिधिमध्येबाट दुईसहित ६ जना, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित पा“च जना निर्वाचित हुनेछन् ।
त्यसैगरी पिछडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित दुई जना, अपसंख्यक महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना, अपांगता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना, श्रमिक महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित तीन जना, पेशागत विषयगत क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुमध्येबाट दुई महिलासहित सात जना सदस्य, युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुल्ला सात जना गरी २१ जना सदस्य, नेपाली जन सम्पर्क समितिबाट दुई महिला खुला र तोकिएबमोजिमका क्षेत्रबाट निर्वाचित हुने पा“च गरी सात जना, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधिमध्येबाट शहीद परिवार एकसहित तीन जना सदस्य पनि केन्द्रीय समितिको सदस्य हुनेछन्।
केन्द्रीय सभापतिले मनोनित ६६ जना र प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ ।
उम्मेदवारीका लागि सम्बन्धित पदको फारम, तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक,समर्थक तथा उम्मेदवारी शुल्क बुझाएको बैंक भौचर वा रसिद अनिवार्य गरिएको थियो । निर्वाचन समितिले मनोनयन दर्ताका लागि सम्बन्धित पदको उम्मेदवारी फारम, तोकिएको महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक तथा उम्मेदवारी शुल्क बुझाएको बैंक भौचर वा रसिद अनिवार्य गरेको थियो। उम्मेदवार आफैंले आफ्नो पदको प्रस्तावक वा समर्थक बन्न नपाउने व्यवस्था छ। बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा उल्लेख हुनुपर्ने समितिले जनाएको छ।
कांग्रेसले यस महाधिवेशनमा ७ हजार १ सय ४ जनालाई मतदाता कायम गरेको छ। १ सय ६५ निर्वाचन क्षेत्रबाट निर्वाचित ५ हजार ४ सय ४५ महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय, पालिका र प्रदेश तहका पदेन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समिति र सभापतिबाट मनोनीत प्रतिनिधिसमेत मतदाता छन्।निर्वाचन समितिका अनुसार कोशीबाट १ हजार १ सय १७, मधेसबाट १ हजार २ सय ५६, बागमतीबाट १ हजार २ सय १७, गण्डकीबाट ७ सय १५, लुम्बिनीबाट १ हजार ९, कर्णालीबाट ४ सय ९९ र सुदूरपश्चिमबाट ६ सय ५० प्रतिनिधि छन्।











प्रतिक्रिया