कोरियन भाषा परीक्षामा अहिलेसम्म आवेदन दिनेकाे संख्या एक लाख १० हजार नाघ्याे



काठमाडाैं । 

 कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख १० हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ ।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकोमा शुक्रबार बेलुका १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ। अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ। तीन वर्षयता अनलाइनमार्फत इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो।

प्रतिक्रिया दिनुहोस्