नेपाल इन्स्योरेन्से लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं ।

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले लाभांश वितरणको लागि बिहीबार बुकक्लोज गर्ने भएकोले बुधबारसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने छन्।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्