रहेनन् बलिउडका जुनियर महमुद



काठमाडौं ।

बलिउडमा जुनियर महमुदको नामले परिचित अभिनेता नईम सैयदको ६७ वर्षको उमेरमा निधन भएको छ। पेटको क्यान्सरबाट पीडित उनको गत बिहीबार राति मुम्बईमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पछिल्ला केही दिनदेखि स्वास्थ्यमा जटिलताका आएका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको थियो। सन् १९७६ मा फिल्म नैनीहालबाट बाल कलाकारको रूपमा बलिउड यात्रा शुरु गरेका उनी साठी र सत्तरीको दशकमा निकै चर्चामा रहे भने आफ्नो समयको चर्चित बाल कलाकारका रूपमा समेत प्रसिद्धि कमाएका थिए। सोही कारण उनले बलिउडमा जुनिएर महमूदको उपनाम पाएका थिए।

आफ्नो पाँच दशक लामो करिअरकोे क्रममा उनले कटी पतंग, मेरा नाम जोकर, परवरिश, दो और दो पा“चजस्ता करिब साढे दुई सय फिल्ममा काम गरेका थिए। फिल्म ब्रह्मचारी उनको करिअरको टर्निङ पोइन्टको रूपमा रहेको थियो।

त्यसका साथै हरे राम हरे कृष्ण, मेरा नाम जोकर, हाती मेरे साथीलगायतका फिल्ममा हास्य कलाकारको रूपमा काम गरेका उनले हम काले हैं तो क्या हुवा दिलावले हैंलगायतका गीतमार्फत् दर्शकको मन जितेका थिए।

प्रतिक्रिया दिनुहोस्