नेपालीलाई रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ



काठमाडौँ।

भिजिट भिसा’मा नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् । काठमाडौँको लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।

रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

सरकारले रुसी सेनामा भर्ना नगर्न मस्कोसँग माग गरेको छ । रुसको सेनामा भर्ना गर्ने नेपाल सरकारको नीति नभएपनि बिचौलियाहरुले अवैध बाटो हुँदै त्यहाँ लगेर भर्ना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्