भिडियोमा आयो बेनी बजारमा



गायक सुरज श्रेष्ठको स्वर तथा दीपक शर्माको रचना र संगीतमा बेनी बजारमा बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियो राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। कुमार केसीको निर्देशन रहेको गीतको भिडियोमा दिनेश काफ्ले र उषा उप्रेतीले अभिनय गरेका छन्।

गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भाव उतारिएको छ। अनिल के. मानन्धरको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ। सुरजका जिस्कन्छे मुइया“ले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ कि, लाग्दैन निद्रा लगायतका गीत रुचाइएको छ।

प्रतिक्रिया दिनुहोस्