सुरा र सम्भोगमा ब्युँझिरहेको काठमाडौंको मध्यरात



अहिलेका उरन्ठेउला केटाहरूको भाषामा’क्या’च्वाँक’भन्न लायककी सुन्दर युवती फूलबुट्टे प्यान्टी मात्र लगाएर ठमेलको बीच सडकमा कसैलाई अश्लील शब्दमा गाली गरिरहेकी थिई । मध्यरातको समय, सर्वत्र चकमन्न थियो । कतै किचकन्या त होइन भन्ने आशंकाले मेरो जीउ ढक्क फुल्यो ।

काठमाडौंका सडक र गल्ली– गल्छेडाहरूमा केही दिनअघिदेखि निशाचर जस्तो राती–राती डुलेको हुँदा डर हटिसकेको थियो, अझै साहस बटुलेर त्यस नग्नयुवतीको रहस्य बुझ्नतिर लागेँ । चार–पाँचजना केटाहरूले त्यस युवतीलाई ठमेलको एक होटलमा लगी रक्सी पिउँदै पालैपालो मोज गरेछन् । सबैजना सन्तुष्ट भएपछि एउटा एउटा निहुँ पारेर होटलबाट भागेछन् । सायद ती केटाहरूले युवतीले लगाएका कपडा पनि च्यातचुत पारिदिए ! केटाहरूबाट निःशुल्क लुटिएपछि युवती रिसले चुर भएर पागलझैं त्यो हालतमा सडकमा निस्किएकी रहिछ । एकछिनपछि कता–कताबाट मैला कपडा लगाएका तीन–चार जनाखातेजस्ता केटाहरू देखा परे । उनीहरूले युवतीको नाङ्गो शरीर एउटा रूमालले ढाकिदिए र नजिकैको गल्लीतिर लिएर गए ।

पुलमुनि जोडीका जोडी
काठमाडौंको रात्री जीवनको अवलोकन गर्ने क्रममा म एक रात गोंगबुको नयाँ बसपार्क पुगें । सवारी साधन र मान्छेको घुइँचोले दिनमा खुट्टा टेक्ने ठाउँ नहुने बसपार्क इलाका १० बजे नै सुनसान थियो । रात्रि बसहरूको आवत–जावत बन्द भइसकेको थियो भने टिकट काउन्टरमा कुनै मानिस देखिँदैनथे । केही व्यक्तिहरू भने कौडा खेल्नमा तल्लीन थिए।

बसपार्कबाहिर भने निकै रमझम देखिन्थ्यो । फुटपाथका स–साना चियापसलहरूमा मानिसहरू झुम्मिरहेका थिए । सुनसान रिङरोडमा यदाकदा तीव्र गतिमा’सवारी साधन हुइँकिन्थे । चिसो हावा चलिरहेको अन्धकार सडकतिर एक छिन् अल्मलिएपछि मैले त्यहाँका लज र रेस्टुरेन्टतिर आँखा लगाएँ । त्यस इलाकाको एउटा मात्र निरमाया डान्स रेस्टुरेन्टबाट चर्को आवाजमा हिन्दी गीत बजिरहेको थियो । लजहरूका ढोका बन्द भए पनि मानिसहरू जागै थिए । त्यतैतिरको जस्तो लाग्ने एकजना केटो मेरो नजिक आइपुग्यो । मैले उसलाई साथीबनाई त्यहाँको गतिविधि बुझ्ने विचारले परिचय गरेँ । उसको नामजीवन रहेछ । निकै वर्ष बसपार्कमा काम गरी त्यस क्षेत्रको गतिविधिबारेमा पूर्ण जानकार भएको उसले फुटपाथका चियापसलतिर देखाउँदै भन्यो– ‘यी साना पसलहरू रातभरि चल्छन् । बिहान चार बजेपछि रात्रि बसहरू यहाँआउन थाल्छन् ।’

अगाडिको पसलका केटीहरूको बारेमा पनि उसले भन्यो– ‘यिनीहरूको दुई छोरी र आमा छन् । आमाचाहिँ अहिले सुत्न गएकी छ । आमा आएपछि यिनीहरू सुत्न जान्छन्। पसल खाली नै हुँदैन । ट्याक्सी ड्राइभरहरू यहाँ आइराख्छन् । कहिलेकाहीँ भ्यान लिएर पुलिस पनि आउँछन ्।’ मैले उसलाई चिया खुवाएर अझै कुरा धुत्ने विचार गरँे । उसले ती दिदी–बहिनीलाई खुवाएर अझै कुरा जिस्क्याउँदै घुमाउरो कुरा गन्यो– ‘यहाँ के के पाइन्छ ?… पाइन्छ भने किन्नपर्यो ।’ उसको कुराले तिनीहरू हाँसे । चिया पिउँदै उसले त्यहाँकागतिविधिबारे बताउन थाल्यो– ‘दशैं–तिहारजस्तो चाडबाडमा यहाँ तानातान गर्नेहरू पाइन्छन्। त्यो पुलमुनि नै जोडीका जोडी देखिन्छन् । अहिले त्यति छैन, तर खोज्नेहो भने प्रशस्त पाइन्छन् ।’ चिया खाँदै गर्दा दुईजना केटी र एउटा केटा मोलतोल गर्दै गरेको सुनियो । ‘तपाईं मात्र भए त्यतिमा हुन्छ, नत्र पैसा बढी चाहिन्छ ।’
‘म एक्लै हो । अरू साथी आएभने पैसा बढी दिउँला ।’
‘कति दिने ?’
‘सय रूपियाँ थपौंला ।’ ‘साँच्चै हो ?’
‘हिँड न पहिला ।’
मलाई कोट्याउँदै जीवनले आँखा झिम्क्यायो । उनीहरू त्यहाँबाट अन्तै हिँडे । हामी चिया खाएर उठ्न लाग्दा एउटी केटी सडकमा लर्खराउँदै आइपुगी । उसले नशाले होश गुमाइसकेकी थिई र अस्पष्ट स्वरले कराइरहेकी थिई– ‘मार, मलाई मार ।’ मानिसहरूका आँखा उसैतिर केन्द्रित भए तर त्यति धेरै चासो देखाएनन् । जीवन त्यतै दौडियो । म पनि त्यतै लागे । अरू दुई–चार जना मानिसहरू पनि आए । उसले भन्नथाली– ‘सालाहरूले मलाई लुटे मात्र । पैसाचाहिँ दिएनन् ।’ उसले अश्लील शब्दहरू पनि प्रयोग गरेर कराउन थाली ।

६ जना केटाहरूले उसलाई त्यहीँको एउटा गेस्टहाउसमा लगेका रहेछन् । ६ जना मिलेर बाह्रवटा भोड्का सकेछन् । त्यो केटीले पनि टिल्ल हुने गरी पिइछे नशाको झोंकमा केटाहरूले केटीसँग पालैपालो मोज गरेछन् । त्यसपछि केटाहरू ट्वाइलेट पालैपालो भागेछन् । केटी नशाको ब्युँझिएर बल्लतल्ल पेन्टी, ब्रा र लुगाहरू लगाइछ अनि त्यहाँबाट लर्खराउँदै सडकमा आइपुगेकी रहिछ ।

यत्तिकैमा एउटा ट्रक हर्न बजाउँदै आयो । केटीले बाटो छोड्दै नछोडेपछि ड्राइभरले ट्रक रोक्यो । सबै अलमल्ल परे । बसपार्कका केही व्यक्तिहरू पनि दौडिँदै आए । उनीहरूले चीलले चल्ला छोपेझैं केटीलाई समातेर बसपार्कतिर लगे । जीवन पनि उनीहरूसँगै बसपार्कभित्र छिर्यो । उनीहरूले त्यहाँ रोकिराखेको एउटा बसभित्र उसलाई छिराए अनि उसको छोटो मिडीको टाँकै फुस्कने गरी खोलिदिए । कोही भने टिसर्टभित्र हात छिराएर खोतलखातल गर्न थाले । दुईटाले पालो पु¥याएपछि बसपार्कभित्रको एउटा प्रहरी हवल्दार त्यहाँ आएर केटाहरूलाई हटाउँदै भन्यो– ‘यो के गरेको ? छोडिदेऊ ।’ जीवनले प्रहरी चिनेको थियो, ऊ प्रहरीको अनुहारतिर हेरेर हाँस्यो । केटाहरूले प्रहरीलाई चिनेको भएर नै उसले ती केटाहरू लाई समाएन । उसले केटीलाई त्यहाँबाट अन्तै पठाइदियो ।

यो घटनापछि एउटा प्रहरी भ्यान बसपार्कको गेटअगाडि देखा पर्यो । कोही सिभिल ड्रेसमा थिए भने कोही युनिफर्ममा थिए । केही प्रहरीहरू भ्यानमै रहे, अरू दुई चारजना ओर्लिएर बसपार्कमा रहेको एउटै मात्र निरमाया रेस्टुरेन्ट एन्ड बारमा छिरे । एकछिन अघिसम्म त्यस रेस्टुरेन्टमा ठूलो ठूलो आवाजमा झिलिमिलि बत्ती बालेर केटीहरू नाचिरहेका थिए । मैले त्यहाँ गएर हेर्दा केही केटाहरू हातमा नोट हल्लाएर केटीको जस्तै जीउ मर्काएर नाचिरहेका थिए । उनीहरू चुरोट र रक्सी पिउँदै केटीको अंगअंग निरीक्षण गर्दै थिए ।

म धेरैबेर नबसी फर्किन लागेको थिएँ, टाइट पाइन्ट लगाएकी एउटी केटीले गोलो नितम्बको प्रदर्शन गरेर मलाई बस्नोस् भनी । प्रहरीहरू आएको सुइँको पाउने बित्तिकै त्यहाँ ठूलो आवाजको टेप मधुरो बनाइयो र डिस्को बत्ती निभाएर अर्कै बत्ती बालियो । मैले त्यहाँभित्रको दृश्यलाई वास्ता नगरेजस्ता गरेर हेरिरहेँ । सईले भित्र पस्दै एक जनासँग हात मिलायो । अरू दुई– तीनजना पनि उसको पछि लागे । उनीहरूबीच केही कुराकानी भएपछि अरू प्रहरीहरू फर्के र सई मात्र बाँकी रह्यो । एकैछिनमा सई बाहिरबाटै देखिने किचनमा देखा पर्यो । उनीहरू कुरा गर्दै थिए । सईले चुरोट सल्कायो अनि त्यहाँबाट फर्कियो । त्यसपछि फेरि उही डिस्को बत्ती बलिहाल्यो, साथमा ठूल्ठूलो आवाजको गीत पनि बज्न थाल्यो । प्रहरीहरू फर्किएर सडकमै आए । एकछिन् छलफल गरेर गेस्टहाउसको निरीक्षण गर्नलागे । उनीहरू भारती गेस्टहाउसमा गए ।

शुरूमा सई भित्र छिन्यो । अरू बाहिर नै बसे । एकैछिन्मा सईसँग एउटा मान्छे देखापर्यो । सईले भन्यो– ‘ए केटा हो, बियर खान्छौ ? ‘अरू प्रहरीहरू पनिभित्र पसे । मैले भित्रको वातावरण कल्पनासम्म गर्न सक ें। बाहिरको रमिता बेग्लै थियो । दुईजना प्रहरीहरू सडक छेउकी एउटी आइमाईसँग टाँस्सिएर लामो मेचमा बसिरहेका थिए । एउटा प्रहरी सिभिल ड्रेसमा थियो भने अर्को प्रहरी बर्दीमै थियो । उनीहरू गिलासमा केही पिउँदै थिए, मैले निकै ध्यान दिएर हेरें । अरू प्रहरीहरू गेस्ट हाउसको निरीक्षण गरिसकेर आइपुगेपछि तिनीहरू पनि उठे । एकैछिनमा प्रहरी भ्यान त्यहाँबाट फर्कियो । प्रहरी भ्यानफर्किएपछि निरमाया डान्स रेस्टुरेन्टमा केहीबेर चहलपहल बढ्यो । अरू गेस्टहाउसमा पनि फाट्टफुट्ट बत्तीहरू बले । सडकछेउको चियापसलमा सामान्य मानिसहरू झुम्मिरहेकै थिए। समय समयमा कतैबाट आएका ट्याक्सी र भ्यानहरू थपिइरहेका थिए भने सुनसान सडकमा कहिलेकाहीँ तीव्र गतिमा मोटरसाइकलहरू हुइँकिएर आइरहेका थिए।

कुइरेको अँगालोमा नेपाली युवती
सामाखुशीदेखि ठमेलसम्मको सडक सुनसान र अन्धकार थियो । मध्यरतिमा यसरी एक्लै हिँड्नु ठूलो जोखिम नै भएकोले मनभित्र नजानिँदो त्रास उत्पन्न भइरहेको थियो । सडकमा केही कुकुरहरू यताउता गरिरहेका थिए । कहिले त तिनीहरू एकनासले भुक्छे पनि । कुनै त सुँघ्दै नजिकै आउँथे । भाग्दा झन् टोक्ने भएकाले म विस्तारै हिडिँरहेको थिएँ ।

ठमेल पुग्नैलाग्दा उकालोमा केटाहरूको एउटा समूह देखापर्यो । यतिबेला रातको एघार बजेको थियो । सबै रक्सी पिएर आएकै हल्लाखल्ला गरिरहेका थिए । हुल्याहा केटाहरू भएकाले म हच्किदै हिँड्न थालेँ । भने नजिकै जम्काभेट भएपछि एउटाले मलाई तलदेखि माथिसम्म नियालेर हेर्यो । अर्कोले रूखो स्वरमा भन्यो– ए ! कहाँबाट आइस् ? ‘मैले सोझो तरिकाले उत्तर दिएँ– ‘बसपार्कबाट ।’ अर्को चुरोट तानिरहेकोले भन्यो– ‘भो भो छोडिदे ।’ मलाई त पिट्लान् कि भनेर डर पनि लाग्यो । यत्तिकैमा एउटा प्रहरी भ्यान सामाखुशीबाट ठमेलतिर आयो । मैले पछाडि फर्किएर हेरेँ । रक्सीले मातेका केटाहरूलाई प्रहरीले एक शब्द पनि सोधेनन्। म झण्डै रातको पौनेबाह्र बजे ठमेलको सरस्वती क्याम्पस सडकमा आइपुगें ।

त्यसपछि सोह्रखुट्टेबाट घुमेर ठमेल पस्न लागें। सोह्रखुट्टेपटीबाट अगाडि मात्र बढेको थिएँ, म त छक्क परेँ । मध्यरात हुँदा पनि ठेमलमा निकै रमझम रहेछ । मानिसहरू जागै थिए। सटरहरू बन्दभए पनि रेस्टुरेन्ट र डिस्कोले गर्दा मानिसहरूको आवतजावतभई नै रहेको थियो । हिँड्नेहरूमा विदेशी पर्यटकहरूको संख्या धेरै भए पनि नेपालीहरू पनि कम थिएनन् । कुनै कुनै नेपाली केटाहरू रेस्टुरेन्ट अगाडि भ¥याङमा बसेर कुरा गरिरहेका थिए । ट्याक्सी र रिक्साहरूको ताँती थियो । रातको शीतलता र सडक बत्तीको उज्यालोले वातावरण मनमोहक थियो । म पनि रमाइलो अनुभव गरेर चारैतिर आँखा डुलाउँदै थिएँ । सोह्रखुट्टेबाट भित्र छिर्नेबित्तिकै थुप्रै कक्टेल बारहरू भेटिए । हिमालयन कक्टेल एन्ड बारभित्र छिरेर हेरें ।

एउटा कालो जगल्टे हब्सी अंग्रेजी गीतमा नशाको सुरमा हल्लिरहेको थियो । अर्को खैरी युवतीले चाहिँ ऊसँग हात उठाउँदै उसको साथ दिइरहेकी थिई । एउटा कुनामा चार–पाँचजना नेपाली युवकहरू बियर तान्दै थिए । छेउमा स्नुकर बोर्ड राखिएको थियो । एउटा नेपाली केटो र कुइरेचाहिँ स्नुकर खेलिरहेका थिए । म धेरैबेर बसिन । एकछिन हेरें र त्यहाँबाट अझ अगाडि बढें । बाटामा रिक्साचालकहरू रित्ता रिक्साहरू यताउता गरिरहेका थिए । सँगै एक छेउमा विभिन्न किसिमका चुरोट राखेर श्यामलामा भन्ने व्यक्ति कुइरे र नेपाली दुवैलाई चुरोट बेचिराखेका थिए। मैले पनि एउटा चुरोट किनेर सल्काएँ र ऊसँगै बसेर गफ गर्न थालें । उनले त्यहाँको गतिविधि बताए– ‘रातभरि नै यस्तै हो । कुइरेहरू कुइरिनी च्यापेर सधैं हिँडिराख्छन् । नेपाली केटाहरू पनि कुइरिनीसँग देखा पर्छन् । म तीन–चार बजेसम्म बस्छु । यहाँ कहिले पनि सुनसान हुँदैन ।’

म लामासँग बसेर विदेशीहरूको चर्तिकला हेर्दै थिएँ । एउटा कुइरेले एउटी नेपाली केटीलाई अँगालो मारी किस खाँदै लिएर आयो । केटीले पनि कुइरेलाई कम्मरमा हात लगेर समाइरहेकी थिई । दुवै नशामा थिए। मैले विचार गरें, उनीहरू कुनै होटल वा लजमा जाँदै छन् । जोडी हेर्दा त्यस रातलाई मात्र बिहे गरेजस्ता देखिन्थे । उनीहरू मेरो आँखाबाट हराएपछि लामा मेरो अनुहारमा हेरेर ’देख्नु भो त’भनेर हाँसे । अर्को दृश्यमा एउटा नेपाली केटाले अँगालो मार्दै जापानीजस्तो लाग्ने एउटी विदेशी केटी लिएर सडकमा देखा पर्यो । अर्को एउटा नयाँ जोडी पनि सडकमा देखियो । एउटा नेपाली केटाले एउटी कुइरिनी च्यापेर हिँडिरहेको थियो । विदेशबाट नेपाल घुम्न आउने एक्ली कुइरिनीले नेपाली केटालाई पैसा दिएरै रात काट्दा रहेछन् ।

यस मामिलामा इजरायली केटीहरू पनि खप्पिस हुन्छन् भन्ने कुरा ठमेलका एक जना पसलेले बताए । ठेमलमा रातको एक बज्नलागिसकेको थियो। म रेड रक रेस्टुरेन्ट एन्ड बारभन्दा अलिमाथि थिएँ। ठमेलको टेरेसा रेस्टुरेन्ट एन्ड बारमा गएर फर्किरहेका एक युवक रमेश थापाले ठमेलमा हरेक रात झगडा भइरहने कुरा बताए। ‘ठमेलमा कहिले नेपाली केटालाई विदेशीले कुट्छ त कहिले विदेशीले हिम्मत गरेर नेपालीलाई कुट्छ । ह्यासिस र रक्सी पिउने हुँदा झगडा हुनु अनौठो होइन । विदेशीहरूमा इजरायलीहरू झगडालु स्वभावका हुन्छन् ।” थापाको कुरा सकिएकै थिएन, एकजना विदेशी रिक्सा चलाउँदै आयो र हामीलाई जिस्क्याउँदै भन्यो–‘रिक्सा रिक्सा,तपाईंलाई चाहिन्छ ?’ एकै छिनमा उसले अगाडिको एक रिक्सालाई ठक्कर दियो र भन्यो– ‘आई एम सरी, ओ.के.’ ऊ अगाडि बढिरह्यो ।
एकछेउबाट नेपालीलाई नेपालीले नै लखेट्दै आयो । लखेट्ने केटाले भन्यो– ‘साला, अर्काले ल्याएकी केटीलाई समाउन खोज्छस् । आज त्यसको ज्यान धूलो बनाइदिन्थे ।’ वरिपरिका मानिस त्यहाँ थुप्रिए । ऊ मुरमुरिँदै थियो, तर केटीचाहिँ त्यहाँ थिइन । हुनुपर्छ, कुनै डिस्कोको घटना । मैले अनुमान लगाएँ। डिस्कोमा सधैं झगडा पर्छ । सुरक्षा राम्रो भए पनि आफूले ल्याएकी केटी पनि रक्सीको नशा चढ्दै गएपछि अर्कैसँग नाच्न सक्छे । अर्कै केटासँग नाचेपछि केटाले कहाँकहाँ समाउँछ भन्ने थाहा नै हुँदैन । आफूले ल्याएकी केटीलाई अर्कैले नचाएपछि झगडा हुनु स्वाभाविकै हो । झगडा गर्नेलाई डिस्कोमा बस्न दिइँदैन त्यसैले त्यो केटो त्यसरी मुर्मुरिँदै बाहिरिएको हुनुपर्ने अनुमान गरेँ ।

केटाहरूबीच केटी खोसाखोस्
म थापासँग बिदा भएर अगाडि बढें । ठमेलको सञ्चयकोष भवन वरिपरि अघि देखेकोभन्दा पनि रमाइला दृश्यहरू थिए। बाहिर ट्याक्सीसहित प्राइभेट कार र जीपहरू थिए । जीपमा पनि प्राडो, पजेरो र ल्यान्डरोभरबाहेक केही थिएनन्। मोटरको लहरमा विदेशी कूटनीतिज्ञले प्रयोग गर्ने मोटर पनि थिए। ती मोटरहरू अन्डरग्राउन्ड डिस्कोमा जानेहरूका थिए। भाडाका ट्याक्सी र रिक्साहरू पनि ग्राहक कुरेर बसिरहेका थिए। मैले डिस्कोको रमझमतिर आफ्नो ध्यानलाई केन्द्रित गरेँ । यतिबेला रातको बाह्र बजिसकेको थियो । रातभरि बस्दा कान्तिपथको जोली पप डिस्को एघार बजेसम्म चल्ने र त्यसपछि अन्डरग्राउन्ड डिस्को रातको दुई बजेसम्म चल्ने पाइयो । ठमेलको अर्को टनेल डिस्कोचाहिँ रातभरि चल्ने थाहा भयो ।

अन्डरग्राउन्डमा रहेको डिस्कोबाहेक त्यहाँ अरू डिस्को पनि थिए तर सबैभन्दा बढी त्यही चलेको थियो। ठमेलमा डिस्कोभन्दा कक्टेल रेस्टुरेन्ट एन्ड बारको संख्या नै बढी रहेको छ । डिस्कोमा ठूलो स्वरमा क्यासेट बजाइन्छ, कि त अंग्रेजी भिडियो देखाइन्छ । तिनीहरूको सुरमा मानिसहरू नाच्दै रक्सीको नशामा झुम्ने गर्छन् । अन्डरग्राउन्डमा त पाइला टेक्ने ठाउँ मैले त्यहाँको पालेसँग त्यहाँको नै थिएन । गतिविधि बुझ्न खोजें । उसले नेपालीहरू राती एघार बजेपछि जाननपाउने बतायो । मैले झ्यालबाट चियाएर हेरेँ । कुइरे र नेपालीहरूको त्यतिकै भीड थियो । सबैको हातमा कि त रक्सी र बियरको गिलास थियो कि त चुरोट । कोही सर्ट खोलेर नाचिरहेका थिए भने कोही कुरा मिलाएर बाहिर केटी च्याप्दै निस्किरहेका थिए ।

त्यहाँबाट निस्केर मैले फुटपाथमा चुरोट पसल थापिरहेका हरि महर्जनलाई भक्भकाउने सुरले उनकै पसलमा चुरोट सल्काएँ । त्यहाँनजिकै खाते बालबालिकाहरू एकआपसमा लखेटालखेट गरेर खेलिरहेका थिए । राती अबेरसम्म यसरी खानाको खोजी र खेलमा भुलिरहने हुँदा खातेहरू बिहान दश– एघार बजेसम्म सुतिरहँदा रहेछन् । चुरोट पसले महर्जनले डिस्कोमा हुने झगडाको बारेमा भने– ‘त्यहाँ केटीकै मामिलामा झगडा हुन्छ । ठूल्ठूलो जीपमा आउनेहरू पनि केटी लिएर आउँछन् । केटीको छुट्टै समूहपनि आउँछन् । केटा र केटी छान्ने अखडा नै डिस्को भएको छ। के नेपाली के विदेशी, यहाँ राती दुई बजेसम्म घुइँचो लागिरहन्छ। कहिलेकाहीं कुनामा नाङ्गै भएको दृश्य पनि देखिन्छ । यहाँ बसिरहन पर्छ, अनेक दृश्य देखिन्छ । कहिलेकाहीँ केटाहरू छुरी हानाहान गर्छन् । पुलिस आउँछ र जान्छ।फेरि उस्तै हुन्छ । केटीहरू पनि त्यस्तै हुन्छन् । सानै छाडा देखिन्छन् । हेर्नेलाई भन्दा देख्नेलाई लाज । केटाहरूमा केटी खोसाखोस पनि हुन्छ । के भएको होला हिजो आजका केटा केटीलाई !’

म महर्जनसँग कुरा गर्दै थिएँ, त्यही डिस्कोबाट सेतो सर्ट लगाएको एउटा जगल्टे केटाले एउटा पुड्के केटालाई लखेट्दै बाहिर आयो। जगल्टेले त्यसलाई मुखमै ताकेर दुई मुक्का लगायो । अर्को केटो चुप लागिरह्यो । भित्र के पर्यो भनेर म पिटाइखाने केटोको नजिकै गएर उभिएँ । एकै छिन्मा उसको साथी आइपुग्यो। उसले साथीलाई भन्यो– ‘मलाई त्यसको केटी भन्ने के थाहा ? हेर्दै भालुजस्ती थिई । साले बढी हुन्छ । मैले जान्याछु ।भोलि त्यसलाई नपिटाई छोड्दिन । ‘बियरको गन्ध उसको मुखबाट आइरहेको थियो । एकछिनपछि उनीहरू आफ्नो बाटो लागे ।

क्वाबहालतिर जाने चोकमा केही महिला र पुरुषहरूको जमात देखापर्यो । यतिबेला रातको दुई बजिसकेको थियो। नेपालीहरू नै भए पनि उनीहरू एकै परिवारका जस्ता भने थिएनन्। केटीहरू सत्ताइस–अट्ठाइस वर्षका हुनुपर्छ । साडी लगाएका थिए, हेर्दै सम्भ्रान्त परिवारका जस्ता । एउटीले केटाको हात समाउँदै भनी– ‘आज तपाईंसँग जान्छु। लैजानोहोस् न प्लिज । बरू थोरै भए पनि हुन्छ ।’ अर्कीले एउटा चर्चित होटलको नामलिँदै समय मिलाएको संकेत दिई । उनीहरू ट्याक्सी लिएर गए, बाँकी केटाकेटीहरू एउटा गल्लीतिर छिरे । मैले उनीहरूको चर्तिकला हेरिरहें । एकै छिनमा एउटा नेपालीले एउटा कुइरेलाई लिएर आयो । कुइरे भन्दै थियो– ‘म अविवाहित हुँ । मलाई केटी चाहिन्छ । नेपाली केटाले उसलाई अंग्रेजीमै सम्झाउँदै थियो– ‘म तिमीलाई कुमारी केटी भएको होटलमा लैजान्छु, हुँदैन? ‘विदेशीले अझै भन्यो– ‘तिमीमलाई केटी मिलाऊ । म तिमीलाई भनेजति दिन्छु।’

खुला सडकमा सम्भोग

रातको साढे दुई बजेपछि त्यहाँबाट मुक्का लगायो। अर्को केटो चुप लागिरह्यो । हिंड्ने सुरसारले ठहिंटीको गल्लीतर्फ लागें ।त्यहाँजाँदा एउटा अँध्यारो गल्लीमा दुई कुइरे र कुइरिनी कुरा गरिरहेझैं लाग्यो । आँखा च्यातेर हेरें । अस्पष्ट देखियो । उनीहरू खुल्ला आकाशमुनि सम्भोगमा लिप्त भएको अनुभव गरे। एकछिनपछि उनीहरूले मिलाएजस्तो देखियो। बाटोमा को छ, को छैनभन्ने उनीहरूले केही मतलब गरेनन् ।

इन्द्रचोकको आकाशभैरवअगाडि उभिँदा रातको साढे बाह्र बजेको पत्तै भएन । मानिसहरूको ओहोरदोहोर कायमै थियो । काठमाडौं व्यापारसंघले पसल सुरक्षाका लागि राखेका सुरक्षाकर्मीहरू लट्ठीले सडकमा हिर्काएर आफ्नो ड्युटी गरिराखेका थिए । रातको अँध्यारोमा टक्टक् आवाज प्रत्येक गल्लीहरूमा सुन्न सकिन्थ्यो ।
त्यहाँ एउटा पुलिसले पहरा दिइरहेको थियो तर त्यसलाई कसैले टेर्ने रहेनछन ्। उसले प्रहरी बर्दीको आडमा लट्ठी हल्लाउँदै केही ट्याक्सी र रिक्साहरूलाई हटाउन खोज्यो । केही हटे पनि अधिकांश अटेर भएर बसिरहे ।दुईवटा स–साना फुटपाथे चुरोट र चिया पसलका केटीहरू व्यस्त थिए ।
“यहाँदुई–तीनजना चालु केटीहरू बस्छन्। उनीहरूलाई अहिले भन्यो भने अहिले नै मिल्छ । पुलिस हेरेको हे¥यै हुन्छ । तीस–चालीस रूपियाँ भयो भने जसले पनि लैजान्छ । यस्तो झारपातेसँग मलाई त वास्तै छैन ।’ केटी खोज्न आएको जस्तो गरी मैले सोधेपछि त्यहाँ साथीसँग आएका त्रिपुरेश्वर घर बताउने श्रेष्ठ थरका एक युवकले उक्त कुरा बताए । उसले केटीहरूसमेत टाढैबाट देखायो । उनीहरू चिया र चुरोट बेचिरहेकाथिए। तिनीहरूले मैलो लुगा लगाएका भए पनि अनुहार भने राम्रै थियो । मैले उनीहरूतिर दृष्टि फ्याँकेर उक्त केटालाई भनें– ‘छ्या, त्यस्ता त कहाँ हुन्छ ?अलि राम्री त हुनुप–यो । यस्तो फुटपाथे के काम?’ ‘जानुपर्छ रेस्टुरेन्ट र डिस्को, राम्री केटी त कति पाइन्छन् कति । खल्तीमा गाँठ पनि हुनुपर्यो नि’ उसले धमास दियो ।

ट्याक्सीभित्रै मोजमस्ती

रातको पौने एक जति बजेको हुनुपर्छ । त्यहाँ दुईजना ठाँटिएका केटीहरू देखा परे । तिनीहरू सुनका गहना र महँगा कपडामा सजिएकाथिए। ‘ऊ, ऊ आए’ एउटा केटाले आफ्नो साथीलाई भन्यो । तिनीहरूले आएर एउटा ट्याक्सीलाई सोधे । ट्याक्सी ड्राइभरले चिनेका झैं गरेर भन्यो– ‘एउटी भए लान्छु । दुइटीलाई लान्न । उनीहरू सल्लाह गर्न थाले । अर्को ट्याक्सी उनीहरू अगाडि बढ्यो र ड्राइभरले भन्यो– ‘उता नगए यता जाऊँ न।’ उनीहरू त्यतै लागे । त्यसले पनि एउटीलाई भए लैजाने कुरा बतायो । त्यसपछि दुईटी केटी दुईतिर लागे । केटी लिएर ट्याक्सीहरू हुइँकिए।

अब यिनीहरूले कुनकुनामा लगेर बिताउने हुन्। मोज गर्ने भए आज ।’ फुटपाथमा चिया पिइरहेका तामाङ थरको रिक्साचालकले बतायो ।म त्यहाँबाट हनुमानढोकातिर गएँ । त्यहाँ पनि मानिसहरूको आउने–जाने क्रम जारी नै थियो। विदेशीहरू पनि हिँडिरहेका थिए । जाँदाजाँदै मन्दिरमा सुतिरहेकी एउटी आइमाई र लोग्ने मानिस जिस्किएर चुरोट तानिरहेका थिए। नजिकै जिल्ला प्रहरी कार्यालय भएको र सैनिकले पनि पहरा दिइरहेकोले त्यहाँ त्यस्तो घटना नहोला भन्ने मैले अनुमान गरें। त्यहाँ होटल र रेस्टुरेन्ट पनि थिएनन्। म सीधैँ झोछेंको मुखमा पुगें । त्यहाँ विदेशीहरूको ओहोरदोहोर थियो भने ट्याक्सी र रिक्साहरू ग्राहक कुरेर बसिरहेका थिए। सडक बत्ती नभए पनि घरबाहिरका बत्तीले सडकलाई उज्यालो पारिरहेका थिए। दुई–तीन तलामाथिका रेस्टुरेन्टहरूबाट ठूलो स्वरमा अंग्रेजी गीत बजिरहेको सुनिन्थ्यो ।
झोछेंको एउटा अँध्यारो गल्लीमा हरियो ट्याक्सी अड्याइरहेको रहेछ ।

ट्याक्सी ड्राइभरहरूको कहानी मैले पहिले नै सुनिसकेको थिएँ । त्यहीभएर कौतुहलपूर्वक मैले चनाखो भएर त्यतातिर आँखा पु¥याएँ। ट्याक्सी ड्राइभर स्वर्गीय आनन्दमा मस्त थियो । एकैछिनमा ट्याक्सी त्यहाँबाट अन्यत्रै लाग्यो । यस्तो घटना त्यहाँप्रायःदेखिने गरेको कुरा दोलखा घर भएका पसल सुरक्षाकर्मीले बताए । उनले अगाडि भने– ‘केटीहरू कतै उनीहरू पनि मौका आउँछ पर्खदैन भनेर जानपर्यो भने ट्याक्सी ड्राइभरलाई गुहार्छन्। ट्याक्सीमा हालेर कुदाइहाल्छन् । उ अँध्यारो ठाउँ देख्यो कि ट्याक्सीमा होस् वाबाहिर मस्ती लुटिहाल्छन् । मस्ती लुटेपछि केटीहरू पनि पैसा माग्दैनन् र ड्राइभर पनि केटीहरूलाई उनीहरूले भनेको ठाउँमा सित्तै पु¥याइदिन्छन्।’
एक रात म न्यूरोडको पीपलबोटमा थिएँ। त्यहाँ चुरोट बेचेर केही केटीहरू बसिरहेका थिए। एकैछिन्मा कताबाट केटीहरूको एक हूल देखा पर्यो । एउटीचाहिँ सोह्र सत्र वर्षकी देखिन्थी। उनीहरू त्यहाँ अड्याएको एउटा ट्याक्सीतर्फ हानिए । ट्याक्सी ड्राइभरसँग खासखुस गरे। उनीहरू खासखुस गरेको देखेर अरू रिक्साचालक र ड्राइभरहरू कराए– ‘यता, यता ।’

म अनौठो मानेर हेरिरहेको थिएँ। उनीहरू पहिलो ट्याक्सीमै बसे । ठूली केटीचाहिँ ड्राइभरसँगैको सिटमा बसी र अरू चारजना कलिला केटीहरू भने पछाडि बसे । ट्याक्सी कुंदन सुरू गरिहाल्यो । अरू दुई–तीनवटा रिक्सा र ट्याक्सीहरू पनि‘पख–पख’भन्दै कुद्न थाले। ट्याक्सी र रिक्साहरूको एउटा ताँती नै देखियो । न्यूरोड गेटबाट उनीहरू बाहिरिए।
एउटीको पछि चार–पाँचजना

पीपलबोटबाट जुद्धसालिकतर्फ जाँदै थिएँ। एक हुलभारतीय पर्यटकहरू देखापरे। सायद कुनै भट्टीबाट फर्किरहेका होलान्। उनीहरूमध्ये एउटाले मलाई सोध्यो– ‘भैया, इधर रेड लाइट एरिया किधर हे? मैले उनीहरूलाई थाहा छैन भनेर उत्तर दिएँ ।उनीहरूले एउटा ट्याक्सीलाई सोधे, ट्याक्सीले उनीहरूलाई भनेको ठाउँ सायद देखाइदियो । म रातको १२ बजेतिर न्यूरोडबाट सुन्धारातर्फ लागें । त्यहाँ सामान्य चहलपहल थियो । केही ट्याक्सीहरू पनिथिए। सुन्धाराको दूरसञ्चारको भवनअगाडि फुटपाथमा चार–पाँचजना केटी र आइमाईहरू चुरोट र चिया बेचिरहेका थिए। दिउँसो तिनीहरू त्यहाँ देखिँदैनन् । त्यहाँ दिउँसो जुत्ता सिउनेहरू बसेको पाइन्छ। म जाँदा एउटी केटी कसैलाई कुरेर बसिरहेकी थिई । सत्र–अठार वर्षकी सो केटी कुनै ग्राहकको प्रतीक्षामा भएको मैले अनुमान लगाएँ। मैले नजिकै गएर भनें– ‘जाने हो?’
उसले टाउको हल्लाएर स्वीकृति जनाई। ‘कतिमा जाने?’ मैले फेरि सोधें । ‘सय रूपियाँ’उसले भनी । सडकमा कहिलेकाहीँ ट्याक्सी र रिक्साहरू गुडिरहेका थिए । होटलबाट कर्मचारी पु¥याउन ल्याउने मिनीबसहरू पनि यदाकदा देखिन्थे। सँगै ठूलो टुडिखेल, त्यसमा म एक्लो र सडक पनि मधुरो बत्तीले गर्दा अँध्यारो नै थियो । अब को आउला, के होला भन्ने सोच्दै म अगाडि बढें। सडक प्रायः सुनसान नै थियो । स्म्याक खानेहरूको पनि डर थियो । राती काम गर्नेहरू मोटरमै फर्किने भएकोले त्यहाँ पैदल यात्री भेटिएनन् ।

रातको झण्डै साढे एघार बजेको थियो। व्यापारीहरूले व्यवस्था गरेका देवकोटा थरका सुरक्षाकर्मी आफ्नो सुकेको लौरो सडकमा बजार्दै बागबजार छेउ पुगेका थिए। त्यत्तिकैमा पाँच–छ जनाको एउटा समूह एउटी केटीको पछि लाग्दै वीर अस्पतालतिरबाट रत्नपार्कको सब–वेतिर आइरहेका थिए । त्यहाँभन्दा अलिभित्र छिरेपछि अँध्यारो ठाउँमा आएर सबैजना अडिए ।

काठमाडौंका क्याबिन र डान्स रेस्टुरेन्टहरूको वास्तविक काम
काठमाडौंको रात्रि जीवनको चित्र उतार्ने क्रममा केही रात डान्स रेस्टुरेन्टहरूमा बिते। पुलतीसडकको एकदमै चल्ने रेस्टुरेन्टमा मानिसहरू रातको आठ बजेदेखि नै खचाखच थिए । सबैजना रक्सीको मातमा भरखरका तरूनीहरूको नृत्य हेर्दै झुमिरहेका थिए । म एकजना साथीसँग सो रेस्टुरेन्टमा छिर्नेबित्तिकै केटी बेयरा मेनु लिएर देखा परी । उसले भनी– ‘के ल्याऊँ?’

रेस्टुरेन्टभित्र प्रसिद्ध हिन्दी पप गीत‘करता हे इन्तजार..’ ठूलो–ठूलो स्वरमा बजिरहेको थियो। एउटी भरखरकी केटी लुज छालाको टिसर्ट र नितम्बमात्र छोप्ने छोटो मिनीस्कर्ट लगाएर नाचिरहेकी थिई । कहिले हात नितम्बमा राख्थी त कहिले स्तनको छेउमा पुयाउँथी, केवल कम्मर मर्काएर युवकहरूको मन नै झसक्क हुने गरी झड्का लगाउँथी । सबैभन्दा अगाडि स्टेजनजिक बस्ने एउटा अधवैंसेले त मन थाम्नै सकेन । ऊ केटीको तालमा कम्मर हल्लाएर नाच्न थाल्यो । केटीले टिसर्टबाट ब्रा नै देखाइ दिई । खुट्टा उचाल्दा खैरो पेन्टी नै देखियो।

फेरि अर्को गीत‘यादपिया के आने लगी भिगीभिगी रातो में…’ भन्ने बज्न थाल्यो । स्टेजमा अर्को केटी देखापरी ।त्यत्तिकैमा हाम्रो छेउको टेबुलमा दुईजना केटाले दुइटी यौवनले उन्मत्त भएका केटीहरू लिएर आए । उनीहरूले सुरा मगाए, केटीहरू पहिले रेस्टुरेन्टमा डान्स गर्ने रहेछन्, अहिले भने छोडिसकेका । केटीहरूले चुरोट सल्काएर रक्सी तान्न थाले। एउटीले एक बोतल बियर एक्लैले सकी, अर्कीलेचाहिँ भोड्का नै पिई।

त्यहाँआएकादुईजना केटीमध्ये एउटीले त्यहीं डान्स गर्ने सरिता नामकी केटीलाई चिनेकी रहिछ। समय–समयमा सरिताले नृत्य गर्दा ऊ पनि जीउ हल्लाउँथी। उसको जीउ हल्लिँदा स्तन पनि सँगै हल्लिन्थे। अर्को चाहिँ बियरले झम्म पारेपछि टाउको समाउन थाली। यस्ता जोडी अर्को छेउमा पनि थिए । तिनीहरू पनि रक्सी पिइरहेका थिए । फेरि नृत्य बदलियो । रेस्टुरेन्टमा अरूणा इरानीको ’गली में हर मेरा..’ भन्ने सेक्सी गीत बज्न थाल्यो । केटीले झन् उत्तेजक नृत्य नाच्न थाली । केही टिप्स पनि भन्यो । धनी बाबुका छोराहरूले ५ सयका नोटसम्म नितम्ब र पुष्ट स्तन हेर्दै चढाए।

बागबजारको एक रेस्टुरेन्टमा जाँदा वकिलको जमात नै आएको देखियो । उनीहरू टिल्ल परेपछि नाच्नथालेका थिए। सुरक्षाकर्मीहरूले नाच्न नदिए पनि मेचमै कम्मर हल्लाएर वा बसेर पनि नाचिरहेका थिए । एउटा चश्मालगाउनेर आफूलाई वकिल भन्ने अधवैंसेले त केटा र केटी नाच्दा ‘समा! समा!! सुता!सुता!! समेत भनेर कराएका थिए । ब्याग भिरेका एक अधवैंसेचाहिँ बसीबसी नाच्थे । बेयरा केटी आफ्नो नजिकै आउँदा पनि कति राम्रो तिघ्रा’ भनेर हातले छोएका थिए।
बागबजार रेस्टुरेन्टमा नाच्ने सुमित्रा नामकी केटीले भारतमै विवादित‘सेक्सी, सेक्सी’ गीतमा कामुक नृत्य गरेकी थिई। उसले नाच्दापिउने केटाहरू साह्रै उत्तेजित भएका थिए। केटीहरू नाच्दै स्टेजबाट ओर्लिएर दर्शकदीर्घासम्म पनि नितम्ब हल्लाउँदै आउँथे। पुतलीसडकको रेस्टुरेन्टले एक रातमै डेढ लाखदेखि दुई लाखसम्म व्यापार गरेको अनुमान मैले गरें। त्यहाँ झण्डै डेढ सयदेखि दुईसय मानिस दैनिक जाने गरेको पाइयो। पुलिसको समेत लगानी भएको भनिएको सो रेस्टुरेन्टमा जस्तोसुकै क्रियाकलाप गर्न पनि छुट भएकोले केटीहरू छाडा नृत्य गर्ने र मानिसहरू पनि ओइरिने गर्दा रहेछन्।
पुतलीसडकको सो रेस्टुरेन्टमा नृत्य सकिएपछि नाच्ने केटी दर्शकदीर्घामा रहेका आफ्ना साथीभएको ठाउँमा आई । साथीले उसलाई सँगै जान भनी । तर, उसले आजको रात आफू मुनसन डिस्को’मा जाने कार्यक्रम

बनिसकेको बताई । दुईजनासँग आएकी केटीमध्ये पातली चाहिँले त्यही रेस्टुरेन्टमा आएका चाइनिज ठेकेदारहरूलाई चिनेकी रहिछ । उसले उनीहरू बसेको ठाउँमा गएर एउटाको गाला आफ्नो मुलायम हातले मुसारी। त्यो अग्लो रमोटो चाइनिजले उसको कम्मरमा हात पु¥यायो। दुवैले एक अर्कालाई चुम्बन गरे। त्यसपछि केटीले फोन नम्बर टिपाई ।भोलिपल्ट राती म गौशालाको एक रेस्टुरेन्टमा थिएँ। त्यहाँ पनि केटीहरूले नृत्य गरिरहेका थिए। उरन्ठेउला केटाहरूको भीड नै थियो। सँगै क्याबिन भएकोले जोडीहरू क्याबिनतिर बसेर निचोरनाचोर गर्थे ।

गणेशस्थानको पारिपट्टि कुनै सडकबत्ती नभएकोले फुटपाथ अँध्यारो थियो । कुनै समय मोटर आएमात्र त्यहाँ के भइरहेको छ देख्न सकिन्थ्यो। समूहको नाइकेजस्तो लाग्ने मैलो कपडा लगाएको व्यक्तिले भन्यो– ‘यहीं, यहीँ ।अन्त हुँदैन।’ उसले केटीलाई समात्यो र बस्न भन्यो । केटीले जीउ दह्रो बनाई, बस्न मानिन। केटाले बल गयो, केटी बस्न बाध्य भई ।
‘तिमीहरू उता हेर है ।’

नाइके केटाले सबैलाई अलि परपर तैनाथ ग¥यो । त्यसपछि केटीलाई नंग्याउन थाल्यो । केटीले कुनै प्रतिकार गरिन । सायद उसलाई नाङ्गिने बानी नै परिसकेको थियो । त्यहाँको कार्य अन्यत्रभन्दा चाँडोचाँडो भइराखेको थियो । ऊ सन्तुष्ट भएपछि अरू आएर पालैपालो एउटी केटीलाई भोग गरे । ‘कुकुरहरूलाई सिध्याउँछु’ भनेर देवकोटा सुरिँदै आउँदा उनीहरू गायब भइसकेका थिए । देवकोटाबाट अरू कुराहरू पनि खुल्ला भन्ने सोचेर सोध्दा उनले भने– ‘यसरी एउटीको पछि चार–पाँचजना लागेको त यहाँ कति देखिन्छ कति । फुटपाथमा नाङ्गै सुतेर जान्छन् । के कतिचोटि त मैले भगाएको छ ु। म एउटा भन्नु ! बूढाले गरेर के हुन्छ र ? रत्नपार्कको बार चढेर पार्कभित्र पनि नाङ्गै हुन्छन् । यो एउटा सुकेको लौरो छ । आफ्नै सुरक्षा पनि गर्न सकिन्न । प्रजातन्त्र आएपछि यस्तो कुरा झन् झन् बढ्दै गएको छ ।’ बेलुका सात–आठ बजेबाट मोलतोल शुरू हुने रत्नपार्कमा रातभरि यस्ता घटनाहरू दोहोरिइरहन्छन्। साढेदुई बजेतिर तरकारी व्यापारीहरू आउन शुरू गरेपछि मात्रै यस्ता घटनाहरू रोकिन्छन् ।
आलो रगत लागेको चक्कु लिएका मान्छे

रातको करिब बाह्र बजेको थियो । एउटा मानिस दौडिएको आवाज सुनियो। एकै छिनमा चारैतिरबाट मानिसहरू दौडिएर आए । ‘मार, सालेलाई मार’ उनीहरू कराइरहेका थिए । कसैको हातमा धारिलो हतियार पनि थियो। सबै माहुरी ओइरिएझैं एउटा निसहाय मानिसमाथि जाइ लागे । उसले केही गर्न सकेन। ऊ चलमलाउन छोडेपछि सबै म¥यो होला भन्ने ठानेर फर्किए । उनीहरूको समूह फर्किएपछि दुई–चारजना देखा परे। उनीहरूले विस्तारै त्यस कुटाइ खाने मानिसलाई उठाएर अन्यत्रै लगे।

देवकोटा झगडाको बारेमा प्रष्ट पार्दै भन्छन्– ‘रातभरि रक्सी खाने र रण्डीबाजी गर्नेहरूको अरू काम नै के हुन्छ ?कहिले त मान्छे मारेर आलो रगतलागेको चक्कु लिएका मान्छेहरू पनि सडकमा कुर्छन् ।’ उनको कुरा सुनेर मलाई राती घुम्न पनि साह्रै डर लाग्यो। डर मानेर पनि भएन, पाठकहरूलाई मध्यरातको काठमाडौं को जानकारी गराउन म डुलिरहेको थिएँ।

एक रात म जमलमा जाँदा त्यहाँ पनि सामान्य चहलपहल देखें। त्यहाँ फुटपाथका रात्रिपसल र ट्याक्सीहरू जागै थिए। एकछिन् त्यहीं बिताउने सुरले मैले नौबीसे घर बताउने एक व्यापारीको सानो पसलमा चुरोट सल्काएर बसें । म बसेको देखेर उनी उत्सुक भए । एक रात साढे एघार बजेतिर कमारी हल नजिकैबाट चार–पाँचजना केटाहरू एउटी राम्री केटी लिएर जाँदै थिए । केटाहरूमा रोमाञ्च र उत्साह थियो भने केटीमा केहीत्रासा त्यतिकैमा एउटा प्रहरी भ्यान बत्ती मिलिकमिलिक गर्दै आयो । केटाहरू त्यहाँबाट भागे।

खोटाङ घरबताउने पसल सुरक्षाकर्मीसँग बागबजारबाट डिल्लीबजार जाने चोकमा उभिइरहेको थिएँ। एउटा प्रहरी भ्यान डिल्लीबजारबाट बागबजारतिर आयो। हामी दुईजना त्यहाँ उभिएको देखेपछि भ्यान रोकियो र ढोका खुल्यो । एउटा प्रहरी कड्कियो–‘भाइहरू यहाँ किन?’
मैले भनें– ‘राती काम परेर आएको ।’

“राती घुम्न आइस्, के काम पर्यो, तँलाई देखाइदिऊँ?म चुप लागें। प्रहरीको चाल देखेर मलाई अचम्म लाग्यो। ऊ भ्यानबाट ओर्लियो । ‘म तैँलाई देखाइदिऊँ?’उसले म नजिकै भन्यो। अर्को प्रहरीले थप्यो– ‘के काम?’ आएर मैले भनें– ‘पत्रिकामा काम गर्छु ।’ कड्केर आउने प्रहरी अलि हच्कियो । अर्कोले फेरि सोध्यो– ’कुनपत्रिका?’मैले आफू काम गर्ने पत्रिकाको नाम भनें । यतिबेलासम्म बाहिर निस्केको प्रहरी भित्र पसिसकेको थियो । प्रहरीको भ्यान गइसकेपछि सुरक्षाकर्मी केटाले बाटोमा हिँडेका साइकलवालालाई पनि यसरी धम्क्याउने गरेको कुरा जानकारी त्यही गराउँदै भने– ‘तपाईंले पत्रिकामा काम गर्छु त्यहाँभनेपछि मात्र हच्किए नत्र यिनीहरूले लैजान्थे । जो सोझोलाई पाए भने खुब धाक देखाउँछन्। कुनैकुनैले त रक्सी पनि पिएका हुन्छन् ।’

त्यतिकैमा एउटा कुइरे डिल्लीबजारबाट मात्तिदै आयो । उसको पाइलापनि ठेगानमा थिएन । ऊ ढुन्मुनाउँदै थियो । हामीलाई देखेर उसले भन्यो– ‘मलाई माफ गर्नुस्, म अमेरिकन हूँ।” ऊ उभिन पनि नसकेपछि केटाले भर दिएर तलसम्म पु¥याइदियो । ती सुरक्षाकर्मी केटाले यस्तो घटना रातैभर हुने जानकारी गराए ।
म डुल्दै थिएँ । यत्तिकैमा डिल्लीबजारको कन्या क्याम्पस नजिकै पाइन्ट लगाएका दुईजना केटीहरू देखा परे । सडक बत्तीमा उनीहरूले लगाएको टल्किरहेका थिए । त्यतिकैमा बागबजारबाट चारवटा मोटरसाइकल हुइँकिएर आए । हामी सडकबाट पाखा लाग्यौं । मोटरसाइकलहरू दुई केटीहरू नजिक गएर रोकिए। उनीहरूबीच सानो वादविवाद भयो। केटीहरू मोटरसाइकलको पछाडि बसेर गए। सुरक्षाकर्मी केटाले भने– ‘देख्नुभयो? यसरी यहाँ केटी उठाएर लगेको त कति देखिन्छ कति।’ मैले केटीहरू सोझै हुन् कि भनें । उनले बताए– ‘रातको एक–दुई बजे हिँड्ने केटीहरू पनि सोझा हुन्छन् ?’

मध्यरातको यात्रामा घुम्दाघुम्दै जहिले पनि बिहानको दुई–तीन बज्थ्यो । यसरी घुम्ने क्रममा ६ रातसम्म पैदल नै घुमें । यसो गर्दा धेरैजसो साथीहरू काठमाडौं व्यापार संघले राखेका सुरक्षाकर्मीहरू नै भए । उनीहरूको हातमा एउटा सुकेको लौरो हुन्थ्यो । उनीहरूले त्यसलाई सडकमा ठोकेर आफ्नो साहूलाई सुरक्षाकर्मी सुतेको छैन भन्ने खबर लगातार दिनुपर्दथ्यो । यसो गर्दा काठमाडौं शहरको मध्यभागमा प्रायः ट्वाक् ट्वाक् आवाज आइरहेको टाढैबाट सुनिन्थ्यो । उनीहरूको ड्युटी रातको एघार बजे शुरू भएर बिहान ६ बजेसम्म रहन्छ ।

काठमाडौंका मुख्य सडकहरूको अवलोकन गर्दा त यस्ता दृश्यहरू थुप्रै देखिने देखिए । अझै गहिरिएर अध्ययन गर्ने हो भने झन् कस्ता डरलाग्दा दृश्य होलान् । जब रात ढल्दै जान्छ, शहरको भीडभाड, कोलाहल र धूलोमैलो घट्दै जान्छ । जोडोको यामभएर होला १०–११ बजेपछि शहर प्रायः सुनसान हुन्छ। राती ड्युटी पर्नेहरू, अपराधको दृष्टिले हिंड्नेहरू, प्रहरी र आकस्मिक अस्पताल जानेहरू फाट्फुट् देखिन्छन् । रेस्टुरेन्ट र डिस्कोहरूमा भने १२–१ बजेसम्म गर्मी चढेको हुन्छ। डिस्को र रेस्टुरेन्टबाट फर्किनेहरू, भोग्ने आवारा र भोगाउनेहरूको पनि सडकहरूमा चहलपहल देखिन्छ । मोजमस्ती गर्ने विदेशीहरू र आफ्नो देशमा फोन गर्न हिँड्ने विदेशीहरू, खातेहरू, चुरोट, चिया बेच्नेहरू पनि रातलाई जगाउने प्रयासमा भेटिन्छन् ।

९–१० बजेपछि साँझको घरेलु फोहर र कन्डम झ्यालबाट हुइँक्याएको पनि देखिन्छ । एक–दुई बजेतिर काठमाडौं निकै डरलाग्दो अनुभव हुन्छ । ३– ४ बजेपछि काठमाडौं पुनःनयाँ बिहानी लिएर जागेको देखिन्छ । झ्यालबाट मरेका मुसा, पिसाब र अन्य फोहर फाल्ने क्रम पनि शुरू हुन्छ । बेलुका ८–९ बजे भोका र ओइलिएका अनुहार काठमाडौंमा धेरै देखिन्छन् । ९–१० बजेपछि मातेका र थाकेर थिलथिलो भएका अनुहार देखिन्छन्। भने ३–४ बजेपछि नुहाइधुवाइ सुकिला भएर निस्केका जोशिला अनुहार पनि देखिन्छ । त्यसको साथै रगत चुसेर निकालिएका जस्ता र मेकअप बेढङ्गको भइसकेका अनुहार पनि देखिन सुरू हुन्छ । दूध बाँड्ने गाडीहरू, तरकारी बेच्नेहरू अखबार लिएर दौडिने हरू रातभरि ड्युटी गरेका हाइ गर्दै फर्किने अनुहार हरू पनि सडकहरूमा भेटिन्छन् । ६–७बजेपछि शहरमा पुनः धूलोमैलो, दौडधूप र कोलाहल सुरू हुन्छ । काठमाडौंमा हिजो दिनभरिको कथा पुनः दोहोरिन्छ । सायद निरन्तर यसरी नै दोहोरिइरहने छ…।

प्रतिक्रिया दिनुहोस्