नेपाल समाचारपत्रः मैले जे बुझें



दैनिक पत्रिकाले के दिन्छ ? नेपाल समाचार पत्रले त्यही दियो । सूचना । घटना । राजनीतिको परिदृश्य । खेलकुद । ज्ञान विज्ञान । कला साहित्य । लेख रचना । यस अर्थमा नेपाल समाचारपत्रले दैनिक पत्रिकाको धर्म पूरा ग¥यो । गर्दैछ । गर्छ पनि । दैनिक पत्रिकाका कुरामा फेरबदल पनि छ । हिजो सतही जानकारी हुन्थ्यो नेपाल समाचारपत्रमा । आज गहिराई खोज्ने संस्कृति बनेको छ । हिजो छोटा कुरा लेखिन्थ्यो ।

आज लामा कुरा लेख्न थालिएको छ । हिजो कागजी थियो । आज डिजिटल पनि भएको छ । हिजो कम तस्वीर हुन्थे । आज तस्वीर बोल्छ भन्ने मान्यता स्थापित भएको छ । हिजो भन्नु भयो भन्ने संस्कृति आज । आज भनेको कुरा प्रामाणिक बनाउँने सन्देश बलियो भएको छ । हिजोका भाषाहरु क्लिष्ट थिए । कथित विज्ञले पढने । आज सबैले बुभ्mने भाषामा छापिन थालेको छ । सरल वाक्य गठन । स्पष्ट दृष्टिकोण । आधिकारिकता दिन अनुसन्धानात्मक आधार । यसरी हेर्दा नेपाल समाचारपत्रले आधुनिकता समातेको छ । ३९ वर्ष अघि स्थापना भएको कामना न्युज पब्लिकेशनको प्रकाशनहरु सिने मासिक कामना, खोजमुलक साधन , महानगर र न्युज अफ नेपालले आधुनिक पत्रकारीता पस्कन सफल भएको छ ।

हिजो नेपाल समाचारपत्र कागजमा पढिन्थ्यो । अहिले इकागजमा पनि पुगेको छ । यसको अर्थ हो हिजोका भन्दा आज पाठक बढेक छन । पत्रिका नकिन्ने पाठक । डिजिटल पत्रिका किनाउँने संस्कार बन्न नसकेको अबस्था । क्रमशः समाचारपत्रले अडियो तथा भिडियो बन्नुपर्ने परिवेश बनेको छ । अर्थात अडियो र भिडियो बन्न समाचारपत्र पनि अग्रसर हुन्छ । यसको इकागज यसको प्रमाण हो । विज्ञापन जस्तो मुखपृष्ठ बनाउँने काममा पनि समाचारपत्र कामयाबी भएको छ ।

उठे उठाइएका विषयवस्तुहरु
समाचारपत्रले जीवनका वहुपक्षको उठान गरेको छ । स्थानीय असल अभ्यासका कुराहरु । स्थानीय तहका तर राष्ट्रिय मुद्धा बन्नसक्ने कुराहरु । देशका सबै क्षेत्रमा प्रभावपार्ने राजनीतिक गतिविधि । दलका नेताहरुका बेलाबखतका बोली । बोली अनुसार काम भए नभएको समालोचना । विनाशकारी भूकम्प । त्रासदीपूर्ण राजदरबार हत्याकाण्ड । राष्ट्रिय रोग बनेको सबै प्रशासनिक तहका भ्रष्टाचार । सामाजिक बेथिति । वैज्ञानिक उपलब्धी । पुख्र्यौली जानकारी ।

समाचारपत्रले आप्mना पाठकको अभिरुचि बुझेको छ । खेलप्रेमीलाई खेलकुदकै जानकारी दिएर । दलप्रेमीलाई दलहरुकै कुरा दिएर । शिक्षाप्रेमीलाई शिक्षकै स्थिति चिनाएर । स्वास्थ्यप्रेमीलाई स्वस्थ्यकै विषयवस्तु दिएर । युवाहरुलाई तिनकै अभिरुचीका कुरा दिएर । यसोगर्दा समाधान दिने कि समस्या मात्रै दिने यो अलमलमा नेपाल समाचारपत्र भेटिन्छ । शिक्षक अपुग छ ।

नेपाल समाचारपत्रको समाचार हो यो । एआई च्याटबोटलाई बेलायतको एउटा विद्यालयले प्रधानाध्यापक बनाएको कुरालाई आत्मसात गरेर शिक्षक घटाउँने उपाय सुझाउन चुकेकोछ । त्यस्तै दलीयकरणको समस्या उजागर गरेको छ । तर किन नेताले दलीयकरण छोडेनन । किन प्राज्ञले दलीयकरणलाई मौनसम्मति दिए ? किन हामी दलकै भएर पनि दलीयकरणमा समस्या देख्छौं भन्ने कुराको नालीबेली खोतलेको छैन । यही कुरा शैक्षिक बेरोजगारीका सम्वन्धमा पनि लागुहुन्छ । सवा ५ लाख विद्यार्थी पढाउँने विश्वविद्यालयबाट सवा एकलाख विद्यार्थी बाहिरिनु समस्या देख्छ । चारलाख विद्यार्थीलाई कसरी रोजगारी दिने भन्नेबारे चिन्तन दिंदैन । मुद्धा उठाउँदैन ।
मेरा रहरहरु
नेपालीहरु चक्रीय चिन्तक हौं । अभ्यासी हौं । हिजो दाउरामा भात पकाउँथ्यौं । अहिले इण्डक्सन चुलोको विज्ञापन गर्छाैं । माइक्रोवेभको वकालत गर्र्छाै । अनि दाउरामा पकाएको खाना पाइन्छ भनी भब्य होटेल खोल्छौं । त्यस्तै हिजो पूजापाठ तथा ध्यानलाई रुढीवादी भन्थ्यौं । अहिले त्यसैलाई तनाब कमगर्ने अचुक उपाय ठान्छौं । हिजो शहरमुखी थियौं । क्रमशः अब शहर बाहिर बस्ने वा एकान्तका आवासको वकालत गर्छाै । हिजो गाउँमैं बसेको अनुभूति । यसरी हेर्दा चक्रीयताको जानकारी दिने समाचार मेरो अपेक्षा हो ।

विपन्न जनतालाई सर्बहाराबर्गको नेतृत्वले मात्रै सुख सुविधा दिन्छ भन्ने हिजोको सोच हो । आज लोकतान्त्रिक देशले पनि दिएका छन । राजावादी देशले पनि दिएका छन । साम्यवादी देशले पनि दिएका छन भन्ने खाले फराकिलो सोच नेपाल समाचारपत्रमा आउँनुपर्छ । एक्काइसौं शताब्दीले त्यस्तो पाठक खोज्छ । खोजेको छ । समाचारपत्रले त्यो तहमा विचार प्रस्तुत गर्ने बाटो लिनुपर्छ । मेरो रहर हो यो ।

राजनीतिक दलका नेताका बदलिंदा भनाइ र तिनका घोषणापत्रका कुरामा के तालमेल छ वा हुनुपर्छ । यो अर्काे क्षेत्र हुनसक्छ समाचारपत्रको । भन्नुभयो भन्ने संस्कारको अन्त्यगर्ने बाटो । नेतालाई ठीक बाटोमा हिंडाउँने उपाय । बेलाबखतमा समाचारपत्रमा लेखिएका लेखहरुले पनि त्यो बाटो समात्नुपर्छ । अर्थात प्रतिक्रियात्मक अभ्यासबाट बाहिरिनुपर्छ । किन मारिन्छन मदन भण्डारीहरु ? किन हुन्छ दरवार हत्याकाण्ड ? किन उम्रन्छन दुर्गा पर्साइँहरु ? किन हुन्छ भ्रष्टाचार ? किन बढछ ऋणको भार ? किन हुनुपर्छ तलबी राजनीतिज्ञ ? कस्कालागि हुनुपर्छ सरकार ? लोकतन्त्रमा जित्ने र हार्ने हुनुपर्छ कि सबैले जित्ने परिवेश हुनुपर्छ ? संविधानको एकल तथा साझा अधिकारको बेटुंगोले के निम्त्यायो देशमा ? किन भाषा तथा लिपिहरु जोडिन्नन ? किन अन्तरदलीय साझा कार्यक्रम बन्दैनन ? बनिहाले पनि लागु हुँदैनन ? लागु भए पनि निरन्तरता पाउँदैनन ? विदेशी दाताले दिन्छन कति ? लान्छन के र कति ? कस्को हितमा काम गर्छन गराउँछन ? निजी लगानीको विरोध गर्ने निजीका अस्पताल तथा स्कूलमा धाउँने राजनीतिक दल तथा तिनका पिछलग्गुको दुईजिब्रे अभ्यासको औषधी के हो ? भन्नु छ विद्यार्थी न ज्ञानको गहिराई छ ? न ज्ञान खोज्ने कला छ ? न गरिखाने सीप छ ? यो स्थिति निम्त्याउँने राजनीतिक दललाई के सन्देश दिने ? सोही आत्मरतिमा घुमेका शिक्षक प्राध्यापक तथा दलका नेता कार्यकर्तालाई कुन काममा डोहो¥याउँने ? निर्णय गर्न नस्क्ने राजनीतिक तथा प्रशासनिक ब्यक्तिलाई गर्ने के ? राम्रा कामगर्नेहरुको संस्थागत जानकारी लिने ठाउँ कहाँ हो ? दिने ठाउँ कहाँ हो ? किन खोज्दैनन पालिकाले तत्स्थानका प्रतिभाहरु ? किन ती प्रतिभा स्वयंनैं रोजगारी तथा रोजगारदाता हुन भन्ने कुरा किन खोजिन्न ? यी र यस्ता प्रश्नका उत्तरहरु समाचारपत्रमा पाउँनुपर्छ । विश्वास गरौं भालिका दिनमा म जस्ताका जिज्ञाशा नेपाल समाचारपत्रले पूरा गर्नेछ । समाचारको रुपमा । विज्ञापनको रुपमा । लेखको रुपमा । सञ्चारका वहुउपायका रुपमा । अन्त्यमा कामना न्युज पब्लिकेशनको ४० औ वार्षिक उत्सवको मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्