लक्षमण अधिकारी (साधना ०५८ पुस) वर्ष ९ अंक १२ 

छोरी मार्न सघाइरहेछन् विवेकहीन डाक्टरहरू 



आफ्नो गर्भमा छोरा होला कि छोरी भन्ने जिज्ञासा लिएर काठमाडौंको एउटा क्लिनिकमा पुगेकी एक महिला ’छोरी’ भन्ने जवाफ पाएपछि होस गुमेजस्तै भइन् । लगातार तेस्रो छोरी हुन लागेपछि श्रीमान्– श्रीमती सल्लाह गरेर गर्भपतन गराउने निर्णयमा पुगे । ‘२ छोरा र १ छोरी भएकाले अब बच्चा पाउने चाहना नभएको’ बहाना गर्दै गर्भपतन गरिदिन अनुरोध गर्न एक स्त्रीरोग विशेषज्ञकहाँ पुगे । डाक्टरले गर्भपतन गरिदिए र सामान्य भावमा ’छोरा रहेछ’ भनिदिए । यो सुनेर ती दम्पती मुटु फुटेजस्तै भए र झुटो बोल्नुको रहस्य खोले । ठूलो पीडा, पछुताउ र अपराधबोधले सायद आजसम्म उनीहरूको छाती पोलिरहेको छ । अल्ट्रासाउन्ड गर्ने डाक्टरको गलत रिपोर्टले यति ठूलो पीडा सहनुपरेकोमा उनीहरूले डाक्टरविरुद्ध अदालत जाने विचार गरे तर उनीहरूले गरेका सबै काम गैरकानुनी भएकाले आफैँ फस्ने डरले घोर पीडाभित्र पिल्सिनबाहेक विकल्प नै थिएन । अर्कोतिर अल्ट्रासाउन्ड गर्ने डाक्टरले छोरा या छोरीबारेको रिपोर्ट मुखले मात्र भन्ने र लेखेर नदिने भएकाले अदालत जाने कुनै प्रमाण थिएन ।
त्यस्तै, अर्का एक जना डाक्टरको अनुभव छ– ‘मेरो क्लिनिकमा आएकी एक महिलाले २ छोरा र १ छोरी छन्, अब जे भए पनि केही छैन, पेटमा के छ ? भनिदिनुस्’ भनेर कर गरिन् । मैले ’जे भए पनि स्वस्थ छ, ठीक छ’ मात्र भनें । पछि ती महिलालाई कसैले ’छोरी होला त्यसैले नभनेको हुनुपर्छ’ भनिदिएछ । उनका पहिले पनि तीनवटी छोरी भइसकेका रहेछन् । फेरि छोरी पाउँदा परिवार र समाजमा हुने अपमान र पीडा सम्झिएर उनले आफ्नो पेटमा इँटाले हानेर बच्चा मारिछन् । पेटमा इन्फेक्सन भएर घिटीघिटी गर्दै तीन महिनासम्म प्रसूति गृहमा  बसेपछि बल्ल बाँचिन् ।’
अहिले नेपालका महिलाहरू समान हक–अधिकारका लागि संघर्ष गरिरहेका छन् भने अर्कोतिर छोरी भएकै कारण गर्भबाटै थुतेर निर्वाध मार्ने काम पनि तीव्ररूपमा भइरहेको छ । महिलाहरूलाई खासगरी आर्थिक बोझका रूपमा लिएर गर्भमै क्रूरतापूर्वक हत्या गर्ने गम्भीर कार्य नेपालका प्रायः सबै सहरी क्षेत्रमा व्यापकरूपमा भइरहेको पाइएको छ । प्रकृतिमै असन्तुलन ल्याउने यो अमानवीय र आपराधिक कार्यलाई केही डाक्टरहरूले सधाइरहेका छन् । यसलाई रोक्नेतर्फ कतैबाट पनि प्रयास भएको देखिएन । महिलाहरूलाई गर्भैदेखि निर्मूल गर्ने कार्य व्यापकरूपमा भइरहेको भए तापनि लैङ्गिक समानताको कुरा गर्ने महिलाहरूले पनि यसतर्फ चासो दिएको पाइएन ।
समान्यतया, भ्रूणको लिङ्गपरीक्षण दुई किसिमबाट गर्न सकिने भए तापनि नेपालमा अल्ट्रासाउन्डमार्फत लिङ्ग (छोरा–छोरी) छुट्याई छोरीलाई गर्भपतन गर्ने कार्य बढी प्रचलित छ, तर यो प्रविधि शतप्रतिशत भरपर्दो नभएकाले यस प्रविधिको प्रयोग गर्नेहरूबाट थप गम्भीर त्रुटिहरू भइरहेको पाइएको छ । अल्ट्रासाउन्ड प्रविधि मानिसहरूको भित्री स्वास्थ्यस्थिति, गर्भको बच्चाको स्वास्थ्यस्थिति तथा अवस्था थाहा पाउन विकास भएको प्रविधि भए तापनि हाल यस प्रविधिको दुरूपयोग गरी अल्ट्रासाउन्ड गर्ने धेरै डाक्टरहरूले पैसाको लोभमा आफ्नो पेसागत नैतिक सीमा नाघेर अल्ट्रासाउन्डलाई लिङ्गपरीक्षण गर्ने मेसिनका रूपमा प्रयोग गरिरहेका छन् । यसले महिलाहरूको अपमान मात्र भएको छैन, विकृति, अपराध, मानसिक पीडा, आर्थिक शोषण र लिङ्गभेदलाई समेत वृद्धि गरिरहेको छ ।
अल्ट्रासाउन्डमार्फत लिङ्गपरीक्षण गर्ने र छोरी भएमा गर्भपात गर्ने कार्यबारे कुरा गर्दा ’नेपालमा पनि यस्तो हुन्छ र ?’ भनेर धेरै मानिस अनभिज्ञता प्रकट गर्छन् । तर, यो भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको छ । अल्ट्रासाउन्ड गर्ने केही डाक्टरहरू यस्तो कार्यप्रति अनभिज्ञता प्रकट गर्छन् भने केहीचाहिँ आफूले भन्ने नगरेको बताउँछन्, तर ग्राहकका रूपमा पुग्नासाथ अल्ट्रासाउन्डको शुल्क ५÷६ गुणासम्म बढाएर सो कार्यका लागि तयार हुँदै छिटो आउन निम्ता दिन्छन् । यससम्बन्धी स्थितिको अध्ययन गर्न देशका विभिन्न अल्ट्रासाउन्ड क्लिनिक, नर्सिङ होमहरूमा पुग्दा यो स्थितिको जानकारी भएको हो ।
काठमाडौंमा लिङ्गपरीक्षण
यससम्बन्धमा बुझ्न जावलाखेलको हर्गन्स नर्सिङ होममा पुग्दा अल्ट्रासाउन्ड गरेको रू ५ सय लाग्ने र छोराछोरी छुट्याउन सकिने कुरा अल्ट्रासाउन्ड गर्ने डाक्टरका सहयोगीले बताइन् । त्यहाँका रेडियोलोजिस्ट डा. वीरेन्द्र जोशीसँग भेटेर ग्राहकका रूपमा कुरा गर्दा उनले छोराछोरी छुट्याउन त सकिने, तर त्यसका लागि बढी खर्च लाग्ने बताए । उनले १६ हप्ता नाघेको भए हर्गन्समै हुने र त्यसका लागि १ हजार तिर्नुपर्ने तर १६ हप्ता अगाडिको भए उनको क्षेत्रपाटीको क्लिनिकमा जानुपर्ने र त्यहाँचाहिँ रु. २ हजार लाग्ने बताए । यस्तै, जावलाखेलकै अल्का पोली क्लिनिकमा पनि बढी पैसा लिएर गर्भको छोराछोरी छुट्याउन सकिने कुरा त्यहाँका रेडियोलोजिस्ट डा. शिव बस्नेतले बताए ।
‘अल्ट्रासाउन्डबाट छोराछोरी छुट्याउने काम हुन्छ कि हुन्न ? ४ महिनाको भयो’ भन्नासाथ डा. शिव बस्नेतले भने– ‘ए…! भइहाल्छ हामी १३ हप्तादेखिको गर्छौं, राम्रै देखिन्छ, देखिएन भने दोहोर¥याएर हेर्नुपर्छ, फरक पर्दैन लिएर आउनुस् ।’ शुल्कका बारेमा प्रश्न गर्दा अर्का कर्मचारीलाई सोध्न ऊतिर देखाए । डाक्टरको नजिकै उभिएका ती कर्मचारीले भने– ’केटाकेटी छुट्याएको २ हजार रुपैयाँ लाग्छ, अहिले लिएर आए पनि हुन्छ ।’ छोरी भए त एबोर्सन गर्ने विचार गरेको, यहाँ हुन्छ कि हुन्न ? भन्ने प्रश्नमा उनले भने– ‘हुन्छ, त्यो पनि प्रसूति गृहका डा. हुनुहुन्छ । उहाँले गरिदिनुहुन्छ, म भनिदिउँला ।’
गर्भपतनको शुल्कबारे उनले भने– ‘३÷४ हप्तासम्मको भए २५ सयसम्ममा हुन्थ्यो, ३÷४ महिनै भएकाले ८÷९ हजार त लाग्छ । डाक्टरसँग सोधेर मिलाउँला । भोलि नै
आउनुस् न, अल्ट्रासाउन्डको पनि १५ सयसम्ममा मिलाइदिउँला ।’ त्यहाँ अल्ट्रासाउन्डको सामान्य शुल्कचाहिँ ५ सय मात्र भएको जानकारी गराइयो । यस्तै, गरेर लाइफ केयर अस्पताल सुन्धारामा ग्राहककै रूपमा बुझ्न जाँदा त्यहाँ पनि अल्ट्रासाउन्डमार्फत लिङ्गपरीक्षण गरी गर्भपतनको काम हुने गरेको बताइयो । त्यहाँका रेडियोलोजिस्ट डा. सुनील प्रधानले ४ महिनाको (गर्भ) हो भने छोरा वा छोरी अल्ट्रासाउन्डबाट छुट्याउन सकिने बताए । उनले समय लिएर भोलिपल्टै या शनिबार आउन आग्रह गर्दै शुल्कचाहिँ रू ६ सय लाग्ने बताए । रू. ९ सय ९९ तिरेर अल्ट्रासाउन्डबाट देखिने सबै परीक्षण गर्न आग्रह गर्दै पछि लागिरहेका  अर्का कर्मचारीसँग अल्ट्रासाउन्ड गर्दा छोरी देखिए एबोर्सन गर्ने विचार सुनाउँदै सम्बन्धित डाक्टरका बारे जानकारी माग्दा एक भारतीय महिला डाक्टरको नाम लिंदै उनीसँग सम्पर्क गराइदिने जानकारी गराए । यस्तै, कोटेश्वरमा रहेको जनता डायग्नोस्टिक सेन्टरमा सम्पर्क गर्दा त्यहाँ आफूलाई जनरल फिजिसियन बताउने सुशीलचन्द्र शाहले भने– ’यहाँ ३ महिनादेखिको गर्भको अल्ट्रासाउन्डबाट छोराछोरी छुट्याउन सकिन्छ । साधारण अल्ट्रासाउन्डमा रु. ५ सय लाग्ने भए तापनि छोराछोरी छुट्याउन रु २ हजार लाग्छ । डा. तिलकचन्द्र शाहले अल्ट्रासाउन्ड गर्नुहुन्छ ।’
अल्ट्रासाउन्डबाट छोरी भएको देखिए एबोर्सन (गर्भपतन गराउने विचार छ, यहाँ हुन्छ कि हुन्न? भन्ने बारेमा प्रश्न गर्दा सुशीलचन्द्र शाहले भने– ’छोरी रहेछ र एबोर्सन गराउने हो भने प्रसूति गृहकी स्त्रीरोगविज्ञ डाक्टर हुनुहुन्छ । उहाँले गरिदिनुहुन्छ । फीचाहिँ जाँचेपछि उहाँले नै भन्नुहोला, तर १० हजारभन्दा कमले चाहिँ हुँदैन । त्यतिचाहिँ तयार पारे हुन्छ ।’ कति महिनासम्मको एबोर्सन गर्न मिल्छ भन्ने सम्बन्धमा उनले भने– ‘६÷७ महिनासम्मको गर्न सकिन्छ, त्यसका लागि २०÷२५ हजारसम्म लाग्न सक्छ ।’
पैसाकै लागि छोरी भएको गलत रिपोर्ट पनि आउँछ
अल्ट्रासाउन्ड भएका हरेक क्लिनिक, नर्सिङ होम तथा निजी अस्पतालहरूमा पस्दा त्यहाँ बढी पैसा लिएर छोराछोरी छुट्याउने कार्य हुने गरेको पाइन्छ । छोराछोरी छुट्याउने कार्य सामाजिक तथा नैतिक अपराध भए तापनि यो कार्य व्यावसायिकरूपमा नै भइरहेको छ । कमलपोखरीको ओम हस्पिटलमा यससम्बन्धमा जानकारी लिन त्यहाँका रेडियोलोजिस्ट डा. आनन्द श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनकी सहयोगी युवतीले आफूले समाधान गर्न नसक्ने भए मात्र डाक्टरलाई भेट्न आग्रह गर्दै भित्र लगेर समस्या सोधिन् ।
अल्ट्रासाउन्ड गरेर छोराछोरी हेर्ने र छोरी भए एबोर्सन गर्ने विचार गरेको ४ महिना भयो, यहाँ हुन्छ कि उनले ‘लिएर आउनुस् थाहा भइहाल्छ भनिन् । हुन्न भन्नासाथ ४ महिनाको भएकाले छिट्टै ल्याउन आग्रह गर्दै उनले एबोर्सनका बारेमा भनिन्–‘एबोर्सन गर्ने भए आजै ल्याउनुस् ढिलो  हुन्छ । …डा साबलाई भेट्नुपर्छ र खर्चचाहिँ १३÷१४ हजार जति लाग्छ । अल्ट्रासाउन्ड गरे छोराछोरी हेर्नचाहिँ रु. २ हजार लाग्छ । ‘शरीरभित्रको रोग निदान गर्न विकास गरिएको मेसिनको दुरुपयोग गरी नैतिकताको सीमा नाघेर डाक्टरहरूले एकातिर लिङ्गपरीक्षणको काम गरिरहेका छन् भने अर्कोतिर गर्भमा छोरी देखिएमा एबोर्सन गरेर स्त्रीजातिको अपमान र आर्थिक शोषणसमेत गरिरहेका छन् ।
गर्भ रहेको ८-९ हप्ता भएपछि गर्भाशयबाट तरल वस्तु निकालेर ल्याबमा परीक्षण (ब्mलष्यअभलतभकष्क) गरी गर्भमा छोराछोरी के छ भन्ने छुट्याउन सकिन्छ । यो परीक्षण जेनेटिक स्थिति क्रोमोजोमको स्थिति पत्ता लगाउनका लागि गरिन्छ । भ्रूणको स्वास्थ्यस्थिति पत्ता लगाउन गरिने यो प्रविधिको दुरुपयोग गरी अहिले गर्भको लिङ्ग परीक्षणको काम गर्न थालिएको छ । यो प्रविधि हालसम्म नेपालमा भित्रिएको छैन । भारतमा पनि यसरी लिङ्ग छुट्याउन कानुनीरूपमा निषेध गरिएको भएता पनि लुकिछिपी व्यावसायिकरूपमा यो काम हुने गरेको छ र नेपालबाट पनि भारतका विभिन्न ठाउँमा गई यस प्रविधिबाट गर्भको लिङ्गपरीक्षण गर्ने गरेको पाइएको छ । यो प्रविधिबाट लिङ्गपरीक्षण गर्ने कार्यलाई प्रतिबन्ध लगाउनुअघि भारतको मुम्बईमा यससम्बन्धी एक विस्तृत अध्ययन गरिएको थियो ।
उक्त अध्ययन प्रतिवेदनअनुसार यसरी लिङ्गपरीक्षण गर्ने क्लिनिकहरूले ९० प्रतिशतलाई गर्भमा छोरी भएको रिपोर्ट दिएका थिए । यसरी गर्भमा छोरी भएको रिपोर्ट दिएपछि अधिकांशले गर्भपतन गर्ने र त्यसबाट मोटो रकम असुल्न सकिने भएकाले त्यस्तो गलत रिपोर्ट दिएको निष्कर्ष निकालिएको थियो । त्यसपछि सो कार्यलाई नै प्रतिबन्ध लगाइयो । अहिले नेपालमा अल्ट्रा– साउन्डमार्फत गर्भको लिङ्गपरीक्षण गर्ने र छोरी भएका अवस्थामा आफ्नै क्लिनिकमा गर्भपतन गराइदिने कार्य भइरहेको पाइन्छ । पहिलो कुरा त अल्ट्रासाउन्डबाट गर्भपरीक्षण गर्ने कार्य एम्नियोसेन्थेसिस जति भरपर्दो छैन, त्यसैले गलत रिपोर्ट आउन सक्ने सम्भावना रहन्छ । अर्कोतिर आफ्नै क्लिनिकमा भएका स्त्रीरोग विज्ञमार्फत गर्भपतन गराई ठूलो रकम कमाउने कुनियतले छोरी भएको रिपोर्ट दिने सम्भावना पनि रहन्छ । यस्तो नियत नहुने हो भने डाक्टरहरूले नैतिकताको सीमा नाघेर छोराछोरी छुट्याउने परीक्षण गर्ने थिएनन् ।
अल्ट्रासाउन्डले यकिनसाथ गर्भको लिङ्ग छुट्याउन सक्दैन  
वीर अस्पतालका रेडियोलोजिस्ट डा. सुधारप्रसाद अधिकारी बच्चाको बसाइको स्थितिको कारण अल्ट्रासाउन्डबाट कहिलेकाहीँ प्रष्टरूपमा देख्न नसकिने बताउनुहुन्छ । उहाँका अनुसार अमेरिकामा भएको यससम्बन्धी अध्ययनमा तीन प्रतिशत गलत रिपोर्ट आएको देखिएको थियो । यस्तै लुम्बिनी अञ्चल अस्पतालका रेडियोलोजिस्ट डा. मुकुन्दराज पन्थी भन्नुहुन्छ– ‘अल्ट्रासाउन्ड गरेकै भरमा सामान्य अनुभवले छोराछोरी के छ भन्न सकिन्न । लामो अनुभवका आधारमा भन्न सकिन्छ पनि । गर्भासयमा पानीको अवस्था र बच्चाको पोजिसनले पनि ठूलो प्रभाव पार्छ । त्यस अवस्थामा छुट्याउन गाह्रो पर्छ । अन्य अवस्थामा अनुभवीले छुट्याउन सक्छन्, तर अन्दाजको भरमा भन्नेहरू पनि थुप्रै छन् । ‘यो शतप्रतिशत विश्वसनीय विधिचाहिँ होइन ।’
अल्ट्रासाउन्डमार्फत लिङ्गपरीक्षण गर्दा गलत रिपोर्ट आएका घटनाहरू पनि प्रशस्तै छन् । जीटीजेडमा कार्यरत स्वास्थ्यविज्ञ डा. टिफेन (त्ष्बउजष्लभ) ले गर्भावस्थामा गर्नुपर्ने समान्य अल्ट्रासाउन्ड गर्न काठमाडौंकै एक निजी अस्पतालमा जाँदा जिज्ञासावश ’के छ?’ भनेर सोधिन् । डाक्टरले ‘छोरी छ’ भनिदिए । उनी भन्छिन्– ’हामी छोराछोरीमा भेदभाव गर्दैनौं तर डाक्टरले पहिले नै छोरी छ भनिदिएकाले हामीले त्यहीअनुसारका कपडा तथा खेलौनाहरू किनेर ठीक पायौं । हामी मानसिकरूपमा पनि छोरीलाई स्वागत गर्न तयार भयौं । तर, पछि छोरा जन्मिँदा हामीलाई एक किसिमको आश्चर्य नै लाग्यो । अल्ट्रासाउन्ड गर्ने डाक्टरले भन्यो भन्दैमा पत्याउन सकिने रहेनछ । त्यसैले, छोराछोरी के छ भनी अल्ट्रा–साउन्डबाट परीक्षण गराई त्यसैका भरमा गर्भपतन गराउँदा कहिलेकाहीँ धोका पनि हुनसक्ने रहेछ । नेपालमा यो प्रविधि त्यति भरपर्दो लागेन ।’
यससम्बन्धी अल्ट्रासाउन्डका अन्य कागजात पनि साधनालाई प्राप्त भएको छ । यस्तै काठमाडौं विश्वविद्यालय (चिकित्सा शास्त्र) का सह–प्राध्यापक डा. शरद वन्त अल्ट्रासाउन्डबाट छोराछोरी छुट्याउने काम शतप्रतिशत विश्वसनीय नभएकाले यसको भरमा एबोर्सनजस्ता गैरकानुनी र गम्भीर निर्णय लिनु नहुने बताउँदै आफ्नै परिवारमा पनि यस्तो गलत रिपोर्ट आएको बताउनुहुन्छ । गर्भ रहेको ३÷४ महिनापछि त राम्रोसँग देखिन्छ भनेर अल्ट्रासाउन्ड गर्ने डाक्टरले बढी पैसा लिएर गर्भको लिङ्गपरीक्षण गर्न उक्साउने गरेको भए तापनि डा. वन्त आफ्नै बच्चाको सम्बन्धमा अन्तिम महिनामा अल्ट्रासाउन्ड गराउँदा जिज्ञासावश डाक्टरलाई सोध्दा ‘छोरी’ छ भनेको तर छोरा जन्मिएको प्रसंग सुनाउनुहुछ ।  नेपालभन्दा भारतमा स्वास्थ्य सेवामा बढी उन्नति भएको भए तापनि त्यहाँ पनि यस किसिमका घटनाहरू बराबर भइरहेको पाइन्छ ।
गुजरातको दोभा गाउँकी रीता यादवका तीन छोरी थिए । अब छोराको चाहना भएकाले उनी गर्भपरीक्षणका लागि क्लिनिकमा पुगिन् । त्यहाँ उनलाई छोरी भएको रिपोर्ट दिइयो । उनी निरास भएर घर फर्किन् । २÷३ दिनपछि फेरि परीक्षण गर्न आग्रह गर्दै उनी त्यहीँ पुगिन्, तर क्लिनिकमा उनलाई छोरी नै भएकाले पुन परीक्षण गर्न जरुरी नभएको, बरू एबोर्सन गर्न सल्लाह दिइयो । त्यस क्लिनिकमा शुल्क निकै महँगो भएकाले एउटा स्थानीय अस्पतालमा गई उनले एबोर्सन त गराइन् तर गर्भमा छोरा भएको पाइयो । त्यसपछि उनी अर्धपागलजस्तै बनेर १० लाख रुपियाँ क्षतिपूर्ति माग गर्दै एबोर्सन गर्ने र परीक्षण गर्ने डाक्टरका विरुद्ध अदालत गइन् । अदालतले नैतिकताको सीमा नाघेकाले २५ हजार रुपियाँ मात्र क्षतिपूर्ति दिलायो । भारतकै सुरतमा पनि हालै यस्तै अर्को घटना पनि भएको कुरा इन्डियन एक्सप्रेसले लेखेको छ । यस्ता घटनाका प्रसंगहरू भारतीय पत्रपत्रिकामा बराबर प्रकाशित भइरहेको देखिन्छ ।
यी प्रसंगहरूलाई हेर्दा स्वास्थ्य परीक्षणका निमित्त प्रयोग गरिने उपकरणहरूबाट यकिनका शतप्रतिशत रूपमा गर्भको शिशुको लिङ्ग छुट्याउन नसकिने देखिएको छ । अमेरिकाजस्तो साधनसम्पन्न देशमा नै तीन प्रतिशत असफल देखिएको प्रविधि नेपालमा कसरी विश्वसनीय मान्न सकिएला ? परीक्षण गर्न जानेहरूले विचार गर्नुपर्छ । लिङ्ग परीक्षणलाई ठूलो आम्दानीको बाटोका रूपमा प्रयोग गरिरहेका व्यापारिक प्रवृत्तिका चिकित्सकहरूको भरमा परी लिङ्गपरीक्षण गराउने र गर्भपतन गराउने जस्ता अमानवीय र गम्भीर निर्णय लिनेतर्फ धेरै बाबुआमाहरू लागिरहेका देखिन्छन ् ।
गर्भ परीक्षणविरुद्धको कानुन 
भारतमा गर्भको लिङ्गपरीक्षण गरी छोरी भएमा गर्भपतन गराउने प्रवृत्ति व्यापकरूपमा बढिरहेको र त्यसमा पनि परीक्षण गर्ने क्लिनिकहरूले पैसाको लागि बदमासी गरी अधिकांशमा छोरी भएको रिपोर्ट दिनेजस्ता आपराधिक तथा गैरजिम्मेवार काम भइरहेको कुरा अध्ययनबाट पाइएपछि यस कार्यलाई गैरकानुनी मान्दै कानुनहरू निर्माण गरिएका छन् । सन् १९९३ पछि भारतका विभिन्न राज्यले यससम्बन्धी कानुनहरू पारित गरेका छन् । सन् १९९४ मा गुजरात राज्यको संसद्ले यससम्बन्धी (एचभ–लबतब िक्भह म्ष्बनलयकष्क त्भअजलष्त्रगभक ब्अत ज्ञढढद्ध) पास गरेको कानुनअनुसार गर्भावस्थामा लिङ्ग छुट्याउने र गर्भपतन गर्ने कार्य कानुनतः दण्डनीय हुनेछ । यदि, कुनै डाक्टर यस्तो गरिरहेको अवस्थामा पक्राउ परेमा ५ हजार भारतीय । रूपियाँ जरिवाना र ३ वर्ष जेल सजाय हुनेछ । यदि, डाक्टरले पुनः उक्त कार्य गरेमा १० हजार भारतीय रुपियाँ जरिवाना र ५ वर्षको जेल सजाय हुनेछ ।
– गर्भवती महिलालाई यस्तो कार्य गर्न दबाब दिने र यो परीक्षण गर्न जाने महिलालाई पनि कानुनीरूपमा दण्ड गरिने व्यवस्था गरिएको छ ।
– छोराछोरीको भेदभावका कारण दक्षिण एसियाका समाजमा महिलाहरू निकै पछि परेका देखिन्छन् । वास्तवमा समाजको आधा हिस्सा पछि पर्नु भनेको समाज र राष्ट्र नै पछि पर्नु हो ।
लिङ्ग परीक्षणमा मानिसको चासो 
वीर अस्पतालका रेडियोलोजिस्ट डा. सुधार अधिकारी भन्नुहुन्छ– ’यहाँ आउने अधिकांश गर्भवती महिलाहरूले ’के छ?’ भनेर एक पटक जिज्ञासा राखे पनि वीर अस्पतालमा भन्ने चलन नभएकाले त्यति कर गर्दैनन्, तर क्लिनिकहरूमा चाहिँ ज्यादै कर गर्छन् । मेरो काठमाडौं र जनकपुरका क्लिनिकमा पनि अल्ट्रासाउन्डको ५ सयभन्दा बढी लिने नगरेको र भन्ने काम पनि गरेको छैन । सामाजिक दृष्टि वा जिज्ञासाको हिसाबले सोधे पनि ज्यादै कर गर्दा पनि एबोर्सन गर्न नमिल्ने गरी ७÷८ महिनापछि मात्र भन्ने गरेको छ ।’
गर्भको लिङ्ग छुट्याउने काम अहिले अपराध तथा एबोर्सनको प्रारम्भिक कारण बनिरहेको छ र डाक्टरहरू त्यसका भागिदार बनिरहेका छन् ।  म अपराधको प्रारम्भिक कारण बन्न चाहन्नँ’ –डा. अधिकारीले भन्नुभयो । डा. अधिकारीको जनकपुरको क्लिनिक (साप्ताहिक) मा हरेक पटक ५० जना जति बिरामी हुने, त्यसमध्ये ६० प्रतिशत जति गर्भवती महिला आउने गरेको र त्यसमा ९५ प्रतिशत जतिले गर्भको लिङ्गबारे प्रश्न गर्ने गर्छन् । प्रायः यी सबैको उद्देश्य छोरी भए एबोर्सन गर्ने नै हुन्छ । सोधेको कुरा नभनिदिँदा विवाद गर्छन् र ’दर्भङ्गामा ३ महिनामै भन्छ, तपाईं किन नभन्ने, कति पैसा चाहियो ? भनेर झगडा गर्छन् । काठमाडौंमा पनि औसत दैनिक ३÷४ जनाले यसरी सोध्छन् ।  सोध्नेहरूमा तराईबाट काठमाडौं आई बसोबास गरेकाहरू र बढी क्षेत्री–बाहुनहरू छन् । टुप्पी पालेर चन्दन लगाएका बाहुनहरू पनि श्राद्ध गर्ने छोरा चाहिन्छ भन्दै लिङ्ग छुट्याइदिन कर गर्छन् । यस्तै जनकपुरमा अल्ट्रासाउन्ड मेसिनलाई छोराछोरी छुट्याउने यन्त्रका रूपमा दुरूपयोग गरी व्यवसाय गरिरहेका डा. राजकिशोर जयसवालसँग ग्राहकका रूपमा सम्पर्क गर्दा उनले भने– ’यो काम ज्यादै गाह्रो छ । तैपनि, म ठोकेरै भन्न सक्छु, जोसुकैले गर्न सक्दैन । गाह्रो भएकाले पैसा अलि बढी लाग्छ । साढे ३ देखि ४ महिनासम्मलाई २५ सय, ४ महिनापछिको अलि कम र ६ महिनाकोलाई १५ सय लाग्छ ।’
छोरी भए एबोर्सन गर्न मिल्ने नमिल्नेबारे प्रश्न गर्दा उनले त्यस्ता डाक्टर आफ्नो सम्पर्कमा भएकोले सम्पर्क गराइदिने र शुल्कचाहिँ कम्तीमा तीन हजार रुपियाँ लाग्ने जानकारी गराए । यस्तै लुम्बिनी क्षेत्रको स्थितिबारे बुझ्दा त्यस क्षेत्रमा पनि गर्भको लिङ्ग निर्धारण गरी छोरी भए गर्भपतन गर्ने प्रवृत्ति बढिरहेको पाइएको छ । यससम्बन्धमा लुम्बिनी अञ्चल अस्पतालका रेडियोलोजिस्ट डा. मुकुन्दराज पन्थी भन्नुहुन्छ– ’मैले बिरामी हेर्ने अस्पताल र क्लिनिकमा औसत दैनिक ३० जना जति बिरामी आउँछन् । त्यसमध्ये ७÷८ जना गर्भवती हुन्छन् र त्यसमा आधा जतिले छोरी भए गर्भपतन गराउने उद्देश्यले ’छोराछोरी के छ?’ भनेर जिज्ञासा राख्ने गरेका छन् । ज्यादै कर गरे र जिज्ञासाले मात्र सोधेको भन्ने लागेमा ४ महिना पछिकोलाई चाहिँ गर्भपतन गराउँदैन भन्ने सोचले भनिदिएको १६ साधना २०५८ छु । । यसरी बताइएन भने बताउनेकहाँ जान्छन् र ३÷४ हजार रुपियाँ थप खर्च हुन्छ । मैले अरूले जस्तो बढी पैसा लिने गरेको छैन र नभन्दा पनि यो नजान्ने डाक्टर रहेछ भन्ने डर पनि हुन्छ । उहाँका अनुसार त यस्तो जिज्ञासा राख्नेहरूमा दहेजका कारण छोरी नचाहने तराई मूलका र श्राद्धका लागि छोरा खोज्ने पहाडी मूलका मानिसहरू बढी छन् । यस्तै वीरगञ्जमा पनि गर्भको लिङ्गनिर्धारण गराई छोरी भए एबोर्सन गर्ने प्रवृत्ति वृद्धि भइरहेको कुरा वीरगञ्ज उपक्षेत्रीय अस्पतालका रेडियोलोजिस्ट डा. शिवशंकर यादव बताउनुहुन्छ ।
उहाँका अनुसार अस्पताल र क्लिनिकमा दैनिक औसत ४÷५ जना गर्भवती महिलाहरू आउने गरेका र ती सबैको जिज्ञासामा ’छोराछोरी के छ’ भन्ने नै हुन्छ । डा. यादव भन्नुहुन्छ– ’मैले त लिङ्गनिर्धारण गर्दिनँ, मेरो मेसिनमा देखिँदैन पनि भन्ने गरेको छु तर गोरखपुरतिर र यहींका अरू क्लिनिकमा गएर सोध्ने गरेका छन् । अरूले २ देखि ४ हजारसम्म लिएर भन्ने गरेका छन् । मैलेचाहिँ साढे चार सयभन्दा बढी लिने गरेको छैन । गर्भको लिङ्गनिर्धारण गरी छोरी भएमा एबोर्सन गर्ने प्रवृत्ति अहिले निकै बढिरहेको छ ।’ वीरगञ्ज नर्सिङ होममा सम्पर्क गर्दा त्यहाँ डा. चौरसियाले अल्ट्रासाउन्ड गर्ने गरेको र छोराछोरी छुट्याएको बढी रकम लाग्ने भएकाले सो कुरा डाक्टरलाई नै सम्पर्क गर्नुपर्ने त्यहाँका एक कर्मचारीले बताए ।
विराटनगरमा लिङ्गपरीक्षणमा चासो
यस्तैगरी, पूर्वाञ्चलको विराटनगर क्षेत्रमा पनि यो प्रवृत्ति बढिरहेको कुरा कोशी अञ्चल अस्पतालका रेडियोलोजिस्ट डा. आनन्द आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गर्भको शिशुको लिङ्गनिर्धारण गरी पेटमै मारेर जन्माउने आपराधिक प्रवृत्ति बढिरहेको भए तापनि सरकारले कुनै नीति–नियम र महिलावादी एवम् नबनाएको मानवअधिकारवादीहरूले पनि कुनै वास्ता नगरेर यो आपराधिक प्रवृत्तिलाई खुला छोडिरहेका छन् ।
यसमा नियन्त्रण हुनुपर्छ ।’ यसअघि डा.आचार्य को विराटनगरस्थित आनन्द अल्ट्रासाउन्ड क्लिनिकमा अल्ट्रासाउन्ड प्रविधिबारे जानकारी गराइदिन अनुरोध गर्दै प्रवेश गरी मानिसहरूको प्रवृत्तिबारे अध्ययन गर्दा त्यस दिन आएका १८ जना बिरामीमध्ये ७ जनाले प्रत्यक्ष र एक जनाले टेलिफोनबाट लिङ्गनिर्धारणबारे जिज्ञासा राखेका थिए । ७ जनाले गर्भमा के छ भनिदिन आग्रह गरे भने १ जनाले इटहरीबाट फोन गरी कति महिनासम्मको छुट्टिन्छ भनेर सोधिरहेका थिए । त्यहाँ आएका त्यस्ता सात जनामा एक जना सुर्खेतबाट आएका थिए । उनले सुर्खेतका एक जना डाक्टरको सिफारिश सुनाउँदै भनिदिन आग्रह गर्दै थिए । त्यस्तै अर्काचाहिँ राजविराजबाट एक जना डाक्टरकै सिफारिस लिएर आएका थिए । उनी डाक्टरको नाम लिंदै आफू प्रहरीसमेत भएको बताएर श्रीमतीको गर्भमा के छ भनी बताइदिन आग्रह गर्दै थिए । तर, डाक्टरले जे भए पनि राम्रो छ भनेर पठाइरहेका थिए ।
अल्ट्रासाउन्ड गर्ने डाक्टर गइसकेपछि उनका सहयोगीहरूसँग बुझ्दा बिरामीहरूले ’आफू छोराछोरी के छ छुट्याउनकै लागि आएको, नभनेर हुन्छ ? नत्र पैसा फिर्ता देऊ’ भनेर झगडा गर्ने गरेको र त्यस्तालाई डाक्टरले पैसा फिर्ता दिने गरेको तर भन्ने नगरेको बताइयो । उनीहरूका अनुसार त्यहाँ आउने ९० प्रतिशत गर्भवती महिलाले त्यही सोच्छन् । राजविराजबाट आउने अधिकांश दम्पती लिङ्गबारे नै सोध्न आउँछन् । खासगरी साह, तेली, झा, अग्रवाल, सिंह आदि जातिकाले बढी सोध्छन् । यसरी आउँदा सिफारिस चिठी लिएर आई भन्न दबाब दिन्छन् । कसैले चाहिँ फोनमार्फत अर्को डाक्टरलाई पनि सोध्न लगाउँछन्, नभनिदिँदा धेरै रिसाउँछन् । त्यस क्लिनिकमा वरिपरिका जिल्लालगायत भारतबाट पनि आउँछन् । सीमाक्षेत्रमा भारतीय डाक्टरहरूले लिङ्ग छुट्याइदिन सिफारिस पठाएका कागजात पनि साधनालाई प्राप्त भएको छ । अञ्चल यससम्बन्धमा कोशी अस्पतालमा थप जानकारी माग्दा डा. आनन्द आचार्यले आफ्नो क्लिनिकमा औसत दैनिक ५ जना र अस्पतालमा दैनिक २÷३ जनाले यससम्बन्धमा सिफारिशसमेत ल्याएर सोध्ने गरेको बताउनुभयो । यसरी आउनेमा ४ महिनादेखि ९ महिनासम्मकै हुने र आफूले नभने पनि अन्यत्र गएर गर्भपात गर्ने प्रवृत्ति देखिएको डा. आचार्यले बताउनुभयो ।
गर्भको लिङ्गनिर्धारण गराई छोरी भए एबोर्सन गराउनेहरूमा मुख्यतयाः बिहेमा तिलक दिनुपर्ने समुदाय रहेको र छोराहरूको आर्थिक, सामाजिक मान्यता बढी भएका समुदायमा यो प्रवृत्ति बढिरहेको कुरा डा. आचार्यले बताउनुभयो । पहिला तराई मूलका समुदायमा बढी देखिएको भए तापनि अहिले पहाडी मूलमा पनि यो प्रवृत्ति बढिरहेको कुरा उहाँ जानकारी गराउनुहुन्छ । विराटनगरको क्लिनिक, अस्पतालमा उस्तै अनुपातमा सोध्ने भए तापनि धरानको क्लिनिकमा आउनेहरूले यससम्बन्धी खासै चासो नराखेको कुरा डा. आनन्द बताउनुहुन्छ ।
विराटनगरका कानुन व्यवसायी माधव आचार्य छोराछोरी छुट्याउने र भेदभाव गरी गर्भपतन गराउने प्रवृत्ति खासगरी भारतबाट आउनेहरूको प्रभाव  भएको बताउनुहुन्छ । हाल यस क्षेत्रमा तिलक लिने दिने समुदायमा मात्र नभई अरू समुदायका व्यक्तिहरूमा पनि यो प्रभाव देखिएको, गर्भको लिङ्ग छुट्याउने काम दाइजो तिलकजस्ता सामाजिक विकृतिका कारण भएको साथै यसले छोरीलाई गर्भैदेखि बोझका रूपमा हेर्ने प्रवृत्ति बढाएको कुरा अधिवक्ता आचार्य बताउनुहुन्छ । उहाँका अनुसार सामाजिक इज्जत र पारिवारिक शक्ति सम्झिने आदिम प्रवृत्ति तथा बुढेसकालमा पाल्ने र मरेपछि तर्छु भन्ने विश्वासले छोरा खोज्ने प्रवृत्ति बढी छोरीको गर्भपतन गराउने काम बढेको हो ।
‘छोरी भए गर्भपतनको व्यवस्था पनि छ’ विराटनगरमा अल्ट्रासाउन्ड गर्ने अन्य रूपमा गई क्लिनिकहरूमा ग्राहकका लिङ्गपरीक्षणबारे सोधपुछ गर्दा त्यहाँ पनि बढी रकम लिई यस्तो अनैतिक परीक्षण गर्ने गरेको पाइयो । विराटनगर नर्सिङ होममा सोधपुछ गरेको ५ सय रूपियाँ लिने अल्ट्रासाउन्ड गरेको र छोराछोरी छुट्याउने कामको रकम डाक्टर आफैँले तोक्ने गरेको कुरा त्यहाँका कर्मचारीले बताए । त्यहाँ अल्ट्रासाउन्डको काम गर्ने डा. सुशील तापडियासँग यससम्बन्धमा कुराकानी गर्दा उनले छोराछोरी छुट्याएको एक हजार रुपियाँ लिने गरेको र ग्यारेन्टीका साथ छुट्याइदिने जवाफ दिए ।
अल्ट्रासाउन्ड गर्दा छोरी देखिए गर्भपतन गराउनसमेत त्यस नर्सिङ होममा व्यवस्था भएको बताउँदै उनले स्त्रीरोग विभागका कर्मचारीलाई फोन गरिदिँदै सम्बन्धित डाक्टरसँग सम्पर्क गराइदिन अराए । स्त्रीरोग विभागकी ती महिला कर्मचारीसँग कुराकानी गर्दा उनले १४ हप्तासम्मको  गर्भलाई क्युरेट गरेर तलबाट निकाल्न सकिने र त्यसपछिको चाहिँ औषधि राखी भित्रै मारेर जन्माउने गरेको बताइन् । उनले कुराकानीका क्रममा त्यस नर्सिङ होममा महिनामा कम्तीमा ५÷६ जना जति छोरी फाल्न आउने गरेको बताइन् । त्यहाँ सिन्धुलीदेखि इलामसम्मका र भारततिरबाट यस किसिमका बिरामीहरू आउने गरेको पनि उनले बताइन् । अल्ट्रासाउन्ड गर्दा छोरी देखिनेहरूले धेरैजसो एबोर्सन नै गर्ने जानकारी पनि उनले दिइन् । त्यसपछि त्यहाँका स्त्रीरोगविज्ञ डा. ज्ञानेन्द्र कार्कीसँग सम्पर्क गरी आफ्नो समस्या बताउँदा उनले अल्ट्रासाउन्ड गरी छोराछोरी छुट्याउनका लागि रू. ३ हजार लाग्ने बताए ।
उनका अनुसार छोरा देखिए नजन्मिएसम्म निशुल्क जाँच्ने र छोरी भए १५ सय मात्र लिने गरिएको छ । डा. कार्कीले छोरी देखिएर एबोर्सन गर्नका लागि चाहिँ रू. ९ हजारको प्याकेज प्रोग्राम रहेकोले त्यति रकम थप तिर्नुपर्ने बताए । तर अरू नै कारणले एबोर्सन गर्नचाहिँ रू. २० हजार लिने गरेको उल्लेख गर्दै उनले ६÷७ महिनासम्मको एबोर्सन गर्न सकिने कुरा बताए । ४ महिनापछिको एबोर्सन गराउँदा औषधि भित्र पठाएर मार्ने गरिएको जानकारी पनि उनले दिए । त्यस विराटनगर नर्सिङ होममा अल्ट्रासाउन्ड गर्ने डाक्टर सुशील तापडियाले विराटनगरकै डा. गुणराज स्मृति अल्ट्रासाउन्डमा पनि बढी रकम लिएर अल्ट्रासाउन्ड गरी गर्भको लिङ्ग छुट्याउने काम गर्ने गरेको पाइएको छ ।
त्यस क्लिनिकमा सम्पर्क गर्दा का कर्मचारीले रू ५ सय अल्ट्रासाउन्डको लिने गरेको र छोराछोरी छुट्याउने तथा थप रकमका बारेमा डाक्टर (सुशील तापडिया) लाई नै भेट्नुपर्ने कुरा बताए । विराटनगर की फिजिसियन डा. ज्ञानेन्द्र गिरीले पनि अल्ट्रासाउन्ड गरी गर्भको लिङ्गपरीक्षण गर्ने गरेको बताए तापनि उनका सहायकले अल्ट्रासाउन्ड गरेको ५ सय मात्र लिने गरेको र छोराछोरी छुट्याइदिनेबारे चाहिँ थाहा नभएको बताए । विराटनगरका विभिन्न अल्ट्रासाउन्ड क्लिनिकहरूमा गर्भको लिङ्गपरीक्षण गराई छोरीको हकमा गर्भपतनका लागि सरकारी अस्पतालमा पनि मानिसहरू पुग्ने गरेको पाइएको छ । कोशी अस्पतालका स्त्रीरोगविज्ञ डा. यमबहादुर श्रेष्ठ ’छोरी बढी हुनेहरू टेस्ट गराएर मकहाँ पनि एबोर्सन गराइदेऊ भन्न आउँछन् तर यो गैरकानुनी हो गर्नुहुन्न भनेर सम्झाई पठाउने गरेको बताउनुहुनछ ।
यस्तैगरी, झापाको दमकमा रहेको आम्दा अस्पतालमा त्यस क्षेत्रका बिरामीहरू अल्ट्रासाउन्ड गर्न आउने गरेको पाइएको छ । स्थलगत रिपोर्टिङको सिलसिलामा अल्ट्रासाउन्ड कक्षमा निगरानी गर्दा त्यस दिन आएका करिब ४० जना बिरामीमध्ये (अधिकांश महिला, १÷२ जना मात्र गर्भवती) कसैले पनि त्यस किसिमको जिज्ञासा राखेको पाइएन ।
त्यस अस्पतालमा अल्ट्रासाउन्ड गरिरहनुभएका रेडियोलोजिस्ट कोशी अस्पतालका डा.यज्ञराज पाठकसँग यससम्बन्धमा जिज्ञासा राख्दा आफू अल्ट्रासाउन्डबाट छोरा छुटयाउने विरोधमा रहेकाले यसबारे नबताउने हुँदा सायद त्यस्ता मानिस कम आउँछन्, तैपनि औसत २÷३ जनालाई परीक्षणको क्रममा आएका हुन्छन् भन्नुहुन्छ । उहाँका अनुसार, धेरैजसो २÷३ वटी छोरी हुनेहरूले कर गरेर सोध्छन् । यस्तोमा छोरी भए फाल्ने नियत हुने भएकाले नभन्ने गरिएको हो । डा. पाठक भन्नुहुन्छ– ’गर्भमा आएकी छोरी शिशुलाई मार्ने प्रवृत्ति बढिरहेकोले यसलाई नियन्त्रण गर्न गर्भमा छोरा या छोरी जे भए पनि डाक्टरले भन्नुहुन्न । गर्भको लिङ्गनिर्धारण गरी मार्ने कार्यको सबैले विरोध गर्नुपर्छ । मान्छे मार्ने कार्यलाई डाक्टरले उक्साउनुहुँदैन । यो डाक्टरको नैतिकताको पनि कुरा हो ।’
छोरी पाउन बाबुकै भूमिका बढी 
छोरा र छोरीमा भेदभावका कारणले गर्दा अहिले सन्तान जन्मिदा खुसी हुनुको सट्टा दुःखित हुने, रुने र आफ्नो बच्चा नै अस्वीकार गर्नेजस्ता अमानवीय प्रवृत्ति पनि देखिन थालेको छ । कोशी अञ्चल अस्पताल प्रसूति वार्डकी स्टाफ नर्स कमला राई भन्छिन्– ’पहिलो बच्चा छोरी भए पनि खासै त्यस्तै प्रतिक्रिया देखिँदैन । तर, दोस्रो पनि छोरी भएमा चाहिँ अधिकांशको मुडअफ हुन्छ । कसै–कसैले त साटिदियो भनेर झगडै गर्छन् । बच्चा जन्मिँदा त्यहाँ ४÷५ जना बसेका हुन्छन्, कसरी साटिन सक्छ ? तैपनि नर्सहरूलाई दोष दिएर असन्तोष पोख्छन् । मसँग पनि धेरैले यस विषयमा झगडा गरिसके । छोरी पाउँदा लोग्नेबाट माया नपाइने र अरूले हेला गर्ने डरले गर्दा यस्तो गर्छन् । फिल्म हेरेर त्यहाँ हुन्छ भन्ने अनुमानले पनि झगडा गर्छन् तर यस्तो सम्भव छैन ।’
उनी भन्छिन्– त्यति मात्र नभई छोरी भन्नासाथ सिरियस हुन्छन् र दूध पनि खुवाउँदैनन्, लिन पनि मान्दैनन्, झोक्राएर रोइरहन्छन् ।’ वास्तवमा समाजमा छोरालाई बढी महत्व दिने प्रवृत्तिले गर्दा छोरी पाउँदा हेला र घृणा हुने, माया नपाइने डरले आफ्ने सन्तानलाई स्वीकार गर्न पनि आमाहरू हिचकिचाहट गर्छन् । यसले छोरीको भूमिकालाई अझ कमजोर बनाएको छ । वास्तवमा छोरीलाई भन्दा छोरालाई महत्व दिने काम समाजमा बाबुहरूले नै बढी गरेको देखिन्छ । तर, वास्तवमा छोरा जन्माउने कि छोरी भन्ने सम्बन्धमा मुख्य भूमिका बाबुकै हुन्छ । छोरी–छोरी वा छोरा–छोरा जन्मनुलाई कसैलाई दोषी मान्ने हो भने त्यो पुरुष नै हुने कुरा वैज्ञानिक अध्ययनबाट प्रमाणित भइसकको छ ।
मानिसको शरीरका तन्तुहरूमा अनिवार्यरूपमा २३ जोडी क्रोमोजोम हुन्छन् । यिनै २३ जोडी क्रोमोजोमबाट मानिसको जीवनका सम्पूर्ण कुरा अध्ययन गर्न सकिन्छ । क्रोमोजोमलाई एक्स र वाई (ह र थ) नामाकरण गरिएको छ । जोडीका रूपमा रहने यी क्रोमोजोम महिलाहरूमा ह्ह् र पुरुषहरूमा हथ भएर बसका हुन्छन् । महिला र पुरुष छुट्याउन यी क्रोमोजोमलाई सेक्स क्रोमोजोम भनिन्छ । शुक्रकीट बन्ने प्रक्रियामा शुक्रकीट पूर्वको तन्तुमा विभाजन हुन्छ । जसअनुसार एउटा आधामा ह र अर्को आधारमा थ क्रोमोजोमन्छ । जसअनुसार सम्पूर्ण शुक्रकीटहरूमध्ये आधा थ र आधा ह् क्रोमोजोम भएका हुन्छन् । त्यसरी नै महिलाहरूमा डिम्ब बन्ने सिलसिलामा डिम्ब पूर्वको तन्तुमा विभाजन भई आधा आधा छुट्टिन्छ । डिम्बपूर्वको तन्तुमा ह्ह् क्रोमोजोम हुने हुनाले विभाजन हुँदा दुवै आधा भागमा ह÷ ह् नै पर्ने हुनाले सम्पूर्ण डिम्बहरू ह भएका हुन्छन् । प्रजनन क्रियाको समयमा शुक्रकीट र अण्डको मिलनपछि गर्भधारण हुन्छ । यस प्रक्रियामा लोग्ने मानिसबाट अण्डमा थ क्रोमोजोम भएको शुक्रकीट गयो भने छोरा जन्मिन्छ र ह् क्रोमोजोम भएको शुक्रकीट गएमा छोरी जन्मिन्छे ।
यो प्रक्रियालाई हेर्दा छोरा या छोरी जन्मिने भन्ने सन्दर्भमा पुरुषकै भूमिका भएको देखिन्छ । तर हाम्रा बलियाले निर्धालाई दोष दिने प्रवृत्तिले गर्दा समाजमा छोरी जन्मिँदा महिलालाई नै दोष दिने गरिन्छ । वास्तवमा छोरा वा छोरी जे. जन्मिए पनि प्रकृतिको उपहार सम्भी समान हुन् भन्ने धारणा राखेमा कसैले कसैलाई घृणा गर्ने वा दोषको भागी बनाउने, भेदभाव गर्ने स्थिति नै आउंदैन । वास्तवमा सामान्यतया छोरा वा छोरी भन्ने कुरा कसैले चाहँदैमा हुने होइन ।
अल्ट्रासाउन्डमा नक्कली डाक्टरको प्रकोप
अल्ट्रासाउन्ड गरी छोराछोरी छुट्याउने कार्यमा अहिले योग्यता नभएका र अल्ट्रासाउन्ड गर्ने अनुमति नपाएका व्यक्तिहरूले पनि व्यावसायिक रूपमै यस्तो कार्य गरिरहेको र मानिसहरूलाई जथाभावी रिपोर्ट दिई मानसिक आघात पुन्याउने तथा मनपरी रकम लिएर आर्थिक शोषण पनि गर्ने गरेको कुरा सम्बन्धित डाक्टरहरूले नै बताएका छन । रेडियोलोजिस्ट डा. आनन्द आचार्य त्यस क्षेत्रमा पनि योग्यताविहीन डाक्टरले अल्ट्रासाउन्ड गर्ने, एबोर्सन गर्नेजस्ता अनैतिक, गैरकानुनी र जोखिमपूर्ण काम गरिरहेको, मातृ मृत्युदरसमेत बढाइरहेको र छोरीको जन्म घटाउने काममा सघाइरहेको बताउनुहुन्छ ।
यस्तै कोशी अञ्चल अस्पतालका डा. यज्ञराज पाठक अहिले नक्कली डाक्टरहरूले पनि  अल्ट्रासाउन्ड गरेर छोराछोरीबारे गलत रिपोर्टहरू दिईरहेको बताउनुहुन्छ । आफ्नै नातामा भएको यस्तै घटनाबारे उहाँले भन्नुभयो– ‘नाता पर्ने मानिस अल्ट्रासाउन्ड गरी छोराछोरी के छ भन्ने पत्ता लगान त्यस्तै नक्कली डाक्टरकहाँ पुगेछन् । उसले छोरी छ भनीदिएपछि एबोर्सन गराएछन् । तर, छोरा निस्किएछ । अव कसलाई भन्न जाने ? कहाँ उजुर गर्ने ठूलो अपराध र आत्मग्लानि भयो ।  उनिहरूलाई यो अपराधबोधले जीवनभर सताइरहन्छ । यस्तै विराटनगरका कानुन माधव आचार्य त्यहीको एक नक्कली डाक्टरले अल्ट्रासाउन्ड गरी जिउँदो बच्चालाई मारेको भनेर रिपोर्ट दिएको तर अर्को मा जचाउँदा बच्चा ठीक अवस्थामा पाइएको बताउनुहुन्छ । नक्कली डाक्टरहरूले लिङ्गपरीक्षणका सम्बन्धमा पनि बस्ते गलत रिपोर्ट दिन सक्ने उहाँको तर्क छ । विराटनगरमा डा. ज्ञानेन्द्र गिरी (कार्डियोलोजिस्ट), सुशील तापडियालगायत अन्यले पनि अल्ट्रासाउन्ड गर्ने गरेको भए तापनि नेपाल मडिकल काउन्सिलमा डा. आनन्द आचार्य र डा. यज्ञराज पाठक मात्र दर्ता भएको बुझिएकाले काउन्सिलबाट स्वीकृति नपाएका डाक्टरहरूको योग्यता र कामको गुणस्तरबारेमा प्रश्न उठाउन सकिन्छ ।
यस्तै, जनकपुरमा पनि आफ्नो अध्ययन क्षेत्रबाहिरका र राम्रो अध्ययन नगरेकाहरूले पनि अल्ट्रासाउन्ड गरेर लिङ्गनिर्धारण गर्ने गरेको कुरा डा. सुधारप्रसाद अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ’शंका लागेपछि मकहाँ पनि आउँछन्, भनिएन भने पनि झगडा गर्छन् र भनिदिँदा पनि फलानो डाक्टरले त यसो भनेको थियो भनेर फेरि झगडा गर्न थाल्छन् । अध्ययन क्षेत्रबाहिरकाले पनि यसरी जथाभावी रिपोर्ट दिंदा हामीहरूलाई पनि अप्ठ्यारो परेको छ ।’ जनकपुरमा मात्र नभई काठमाडौंमा पनि यस किसिमको समस्या प्रशस्तै रहेको कुरा डा. अधिकारी बताउनुहुन्छ ।
यस्तैगरी, वीरगञ्ज उपक्षेत्रीय अस्पतालका डा. शिवशंकर यादव आफूबाहेक वीरगञ्जमा अरू मान्यताप्राप्त रेडियोलोजिस्ट नभएको तर त्यहाँ हाल रेडियोलोजिस्टको काम (अल्ट्रासाउन्ड आदि) ४ जनाले गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ’यी सबैले आफ्नो अध्ययन क्षेत्रबाहिरको काम गरिरहेका छन् । उनीहरूलाई थाहा नै छैन, अनुमानले भन्ने गरेका छन् । त्यहाँ हाल डा. रवीन्द्र सिंह, डा. जैनुद्दिन अन्सारी, डा. के.एन. जोशी र डा. चौरसियाले अल्ट्रासाउन्ड गर्ने गरेका तर उनीहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको बुझिएको छ ।’ लुम्बिनी क्षेत्रमा पनि अध्ययन र अनुभव नभएकाहरूले ४ हजार रुपियाँसम्म लिएर छोराछोरी छुट्याइदिने गरेको र सामान्य अध्ययन अनुभवले यसरी भन्न नसकिने कुरा लुम्बिनी अञ्चल अस्पतालका रेडियोलोजिस्ट डा. बताउनुहुन्छ । उहाँका अनुसार त्यस्ता व्यक्तिले मुकुन्दराज पन्थी अन्दाजका भरमा रिपोर्ट दिएर गम्भीर अपराध गरिरहेका छन् ।
लिङ्गपरीक्षणको असर:छोराभन्दा छोरी कम
एकातिर राम्रा र अनुभवी डाक्टरले अत्याधुनिक मेशिनको प्रयोग गरी परीक्षण गर्दा पनि शतप्रतिशतरूपमा ठीक रिपोर्ट आउन नसक्ने देखिएको छ भने अर्कोतिर अध्ययन र राम्रो अनुभव नभएका एवम् स्वीकृतिसमेत नपाएका नक्कली डाक्टरहरूले पनि अल्ट्रासाउन्ड गरी लिङ्गनिर्धारण गरेको पाइएको छ । यस्तै रिपोर्टका भरमा छोरी शिशुलाई गर्भपतन गर्ने काम तीव्रताका साथ भइरहेको छ । यसले कानुनी अपराध मात्र गराएको नभई सामाजिक, आर्थिक अपराध भइरहेको, लिङ्गभेदको भावनालाई वृद्धि गरेको र प्राकृतिक सन्तुलनलाई पनि बिगार्न खोजेको देखिन्छ । गर्भको छोरी शिशुलाई गर्भमै हत्या गर्ने प्रवृत्तिले भारतमा छोरीहरूको जनसंख्या नै घट्दै गइरहेको कुरा त्यहाँ भइरहेका अध्ययनहरूबाट देखिएका छन् । भारतमा यसै वर्ष (सन् २००१) को जनगणनाको तथ्याङ्कसमेत सम्लग्न गरी गत असोज महिनामा गुजरातमा प्रस्तुत गरिएको एउटा रिपोर्टमा ६ वर्षमुनिका बालबालिकाको जन्म अनुपातमा ठूलो अन्तर आइरहेको देखाइएको छ । प्राकृतिक नियमअनुसार सामान्यतया केटा र केटीको जन्म अनुपात बराबर नै हुन्छ ।
तर, छोरीहरूलाई गर्भदेखि नै बोझका रूपमा लिएर गर्भपतन गराउने प्रवृतिले छोरीको जन्ममा डरलाग्दोसँग गिरावट आएको देखिएको छ । अहिले भारतका केही राज्यमा १ हजार छोराहरू जन्मिँदा करिब ८ सय मात्र छोरीहरू जन्मिएको र केही जिल्लामा त ८ सयभन्दा पनि कम मात्र छोरीहरूले जन्मने सौभाग्य पाएको देखिन्छ । यसरी छोरीहरूको संख्या घट्नुमा गर्भको लिङ्गपरीक्षण गरी त्यसैका भरमा छोरीलाई गर्भपात गरी फाल्ने प्रवृत्ति नै मुख्य जिम्मेवार रहेको पाइएको छ ।
सम्पूर्ण भारत र त्यहाँका विभिन्न राज्यमा ६ वर्षसम्मका छोरीहरू (१ हजार छोराहरूमा) को संख्या ः
– १९६१ १९७१ १९८१ १९९१ २००१
भरत – ९६४ ९६३ ९४५ ९२७
गुजरात ९५५ ९६४ ९४७ ९२८ ८७९
पञ्जाब ८९९ ९०८ ८७५ ८७९ ८२०
हरियाणा ८९९ ९०२ ८७९ ८७५ ८९३
गुजरात राज्यका केही जिल्लाहरू मात्र हेर्ने हो भने त यो संख्या अझ कम
देखिन्छ ः
स्थान छोरी छोरा
उन्झर ७३४ १०००
मान्सा ७६६ १०००
श्रीसनगर ७७० १०००
मोहसना ७७२ १०००
पुन्टिज ७८१ १०००
यस्तै स्थिति हरियाणा राज्यमा पनि देखिन्छ ।
अन्य उमेरका महिला–पुरूषको तथ्याङ्क हेर्दा पनि त्यहाँ (भारतमा) महिला र पुरूषको अनुपातमा विचलन आएको देखिन्छ ।
साल महिला
पुरूष
१९०१
९७२
१०००
१९७१
९३०
१०००
१९८१
९३४
१०००
१९९१
९२९
१०००
भारतमा मात्र नभई दक्षिण एसियाका महिला तथा पुरूष दुवैमा छोराले वंश चलाउँछ, आर्थिकरूपमा फाइदा दिन्छ, तर छोरीचाहिँ आर्थिक बोझ हो, विवाह गरी दाइजो दिनुपर्छ भन्ने धारणा रहेको पाइन्छ ।
यस किसिमको प्रवृतिको वृद्धिले समाजमा महिलाहरूको स्थिति शारीरिक, मानसिक तथा सामाजिक दृष्टिले समेत झन् खराब भएको छ । यसले आज चलिरहेको लैङ्गिक समानताको लहरलाई समेत बिगारेको छ । यो वास्तवमा महिलाहरूमाथिको सामूहिक हिंसात्मक आक्रमण हो र नेपालमा यो आक्रमणले बलियो जरो गाड्दै गइरहेको छ । नेपालमा पनि बर्सेनि हजारौं छोरीहरूले जन्मने अधिकारबाट वञ्चित हुनुपरिरहेको छ । गर्भको लिङ्गपरीक्षण गराई छोरीको एबोर्सन गराउँदै गएमा नेपालमा पनि छिट्टै नै छोरीको संख्या कम देखिन थाल्ने र प्रकृतिमा असन्तुलन आई मानव समाज नै विनाशतिर धकेलिने भएकाले स्वास्थ्यपरीक्षण गर्न प्रयोग गरिने प्रविधिलाई दुरूपयोग गर्न नहुने कुरा डा. मुकुन्दराज पन्थी बताउनुहुन्छ ।
 लिङ्ग छुट्याएर डाक्टरहरू अपराध गरिरहेका छन्
भारतमा स्त्री–पुरूषको अनुपातमा व्यापक भिन्नता आउन थालेपछि त्यहाँ लिङ्गपरीक्षण गर्ने कार्यलाई नै प्रतिबन्ध लगाई सो कार्यलाई दण्डनीय अपराधका रूपमा लिइएको छ । त्यहाँ हरेक राज्यले आ–आफ्नै किसिमको कानुन बनाई यसलाई दण्डनीय अपराधका रूपमा लिएका छन् । त्यसो भए तापनि यसलाई पूर्णरूपमा नियन्त्रणमा लिन भने नसकिएको पाइएको छ । यस सन्दर्भमा नेपालमा चाहिँ यससम्बन्धी कुनै कानुन नै नभएको बताइएको छ ।
मोरङका कानुन व्यवसायी माधव आचार्य गर्भको लिङ्गपरीक्षण भइरहेको तर यसको नियन्त्रणका लागि कानुन नभएकाले सोसम्बन्धी कानुन बनाइनुपर्ने कुरा मोरङ बारमा पनि उठेको बताउनुहुन्छ । यो गर्ने गराउने दुवैलाई कारबाही गर्ने कानुन बनाउनुपर्ने राय उहाँको छ । यस्तै, अधिवक्ता शान्ता थपलिया भन्नुहुन्छ– ’गर्भपतन नै गैरकानुनी भएकाले लिङ्ग छुट्याएर वा नछुट्याई गरे पनि यो अपराध नै हो । गर्भमा के छ भन्ने कुरा भन्नु डाक्टरको नैतिकताको कुरा हो तर भन्नुहुँदैन भन्ने कुनै कानुन छैन ।’ डा. थपलियाले ३÷४ महिनाको गर्भपरीक्षण गरी फाल्नु अपराध नै हो, छोरा या छोरी भन्ने थाहा पाइसकेपछि गर्भपतन गर्नु त ठूलो अपराध हो, यस्तो परीक्षण डाक्टरहरूले गर्नु र भन्नु पनि हुँदैन’ भन्नुभयो ।
यस्तै डा. शरद वन्त भन्नुहुन्छ– ’नेपालमा यससम्बन्धी कानुन नभए तापनि छोराछोरी छुट्याउने कार्यले कानुनको उल्लङ्घन (गर्भपतन आदि) गर्न सघाउने र यसले समाजमा छोराछोरीको भेदभावलाई अझ बढाउने भएकाले नैतिक हिसाबले पनि डाक्टरहरूले यो कुरा भन्नुहुन्न । डा. मुकुन्दराज पन्थीको विचारमा यसका लागि कानुन बनाएर मात्र नहुने भएकाले छोरा र छोरी बराबर हुन् भन्ने चेतना ल्याउनुपर्छ ।
’गर्भको लिङ्गपरीक्षण गर्ने सम्बन्धमा कुनै कानुन नभए तापनि डाक्टरहरूका लागि ’मेडिकल इथिक्स’ (आचारसंहिता) नै कानुनसरह हुने र यसको उल्लङ्घन पनि
कानुनको उल्लङ्घन नै हुने भएकाले मेडिकल इथिक्सको हिसाबले डाक्टरले कुनै पनि हालतमा गर्भको लिङ्ग छुट्याएर भन्न नहुने कुरा नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. अनिलकुमार मिश्र बताउनुहुन्छ । वंशानुगत रोग भएका केही अवस्थामा यो परीक्षण जरूरी हुनसक्ला तर लिङ्गपरीक्षण गरेर भन्नु कुनै पनि हालतमा मनासिव छैन’ –डा. मिश्रले भन्नुभयो ।
छोरीलाई गर्भमै परीक्षण गरेर मार्ने प्रवृति विज्ञान र प्रविधिको चरम दुरूपयोग हो र यसको जिम्मेवार यो परीक्षण गर्ने स्वास्थ्यकर्मी र गर्भपतन गराउने डाक्टरभन्दा हाम्रो धार्मिक मतान्धता संस्कृति, महिलाहरूको कमजोर आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक स्थिति भएकाले यसको समाधान पनि त्यहीअनुसार खोजिनुपर्ने कुरा जनस्वास्थ्य विशेषज्ञ डा. अरूणा उप्रेती बताउनुहुन्छ । छोरी भएर जन्मेको नाताले नै अहिले महिलाहरूलाई धेरै अपमान, घृणा र भेदभाव गरिन्छ, त्यसमा पनि जन्मनै नदिनु त झन् ठूलो अपमान र अपराध भएको विचार सांसद अष्टलक्ष्मी शाक्यको छ । उहाँ भन्नुहुन्छ– ’गर्भको लिङ्गपरीक्षण गर्ने गराउने दुवैलाई कारबाही गर्नुपर्छ । सरकारले यस कार्यलाई अवैध घोषणा गरी तुरुन्त रोक्नुका साथै कानुन बनाई दण्डनीय अपराधका रूपमा राख्नुपर्छ ।’
यस्तै, मानवअधिकार आयोगका सदस्य सुशील प्याकुरेल स्वास्थ्य उपचारका उद्देश्यले आविष्कार गरेको वैज्ञानिक प्रविधिको दुरूपयोग कसैबाट पनि हुनु नुहने र अझ यस्तो प्रविधिको दुरूपयोग गरी कसैको जन्मने अधिकार नै हरण गर्न नहुने बताउनुहुन्छ । गर्भको लिङ्गपरीक्षण गरी गर्भपतन गराउने कार्य अपराध भएकाले यसलाई रोकिनुपर्ने बताउँदै उहाँले भन्नुभयो– ’कतिपय कुरामा कानुन नै छैन । भएका कानुनको पालना गराउन पनि सरकार उदासीन भएकाले यस्ता स्थिति आइरहेका छन् । यो ज्यादै दुर्भाग्यपूर्ण छ । गर्भको लिङ्गपरीक्षण गरी छोरी भएमा गर्भपतन गराउने कार्य अपराध भएकाले गर्ने गराउने दुवैलाई कारबाही गर्नुपर्छ ।’ यस्तो कार्यलाई छोडिदिँदा ठूलो समस्या आउने भएकाले यसलाई बेलैमा रोकिनुपर्छ’ –प्याकुरेलले भन्नुभयो ।
विषालु दूध खुवाएर नानीहरू मारिन्छन्
भारतलगायत दक्षिण एसियाली देशका समुदायमा स्त्री–शिशुको हत्या गर्ने प्रवृत्तिले गर्दा छोरीहरूलाई अत्यन्त क्रूरतापूर्वक मार्ने गरिएको छ । यस क्षेत्रका केही समुदायमा बालिकाहरूलाई अक्सर ’विषालु दूध खुवाएर, नून तथा बालुवा कोचर, मुखमा अन्न आदि कोचेर मार्ने गरिएको कुरा महबुब उल हक मानव विकास केन्द्रको रिपोर्टमा उल्लेख गरिएको छ ।
सो रिपोर्टअनुसार बालिकाहरूलाई विषालु पातहरू खान दिएर तथा घाँटी थिचेर मारिने गरेको उल्लेख छ । यस किसिमका घटना दक्षिण एसियामा नै हुने भए तापनि भारतका खासगरी तामिलनाडु, गुजरात, विहार, राजस्थान आदि राज्यमा बढी हुने गरेको उल्लेख छ । यी राज्यमा शैक्षिक स्थितिमा सुधार भए तापनि समाजमा महिलाहरूको स्थितिमा सुधार नभएको पाइएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार गर्भको लिङ्गपरीक्षण गर्ने कार्यमा धेरै शिक्षित महिलाहरूको पनि निर्णायक भूमिका हुने गरेको छ । एउटा अध्ययनअनुसार हरेक वर्ष राजस्थानमा १२ वटा गाउँका समूहमा १ सय ५० बालिकालाई शिशु अवस्थामा मारिने गरेको छ । यो भनिन्छ कि त्यहाँ १० हजार. मानिसमा ५० वटी युवती मात्र छन् । भोलि यो स्थिति नेपालमा आउँदैन भन्न सकिन्न । त्यसैले बेलैमा विचार पु¥याउनुपर्ने देखिन्छ ।
महिलाको अस्तित्व र डाक्टरहरूको नैतिकता 
छोरा र छोरीका भेदभावका कारण दक्षिण एसियाका समाजमा महिलाहरू निकै नै पछि परिरहेका छन् । समाजको आधा हिस्सा पछि पर्नु भनेको सिंगो समाज र राष्ट्र नै पछि पर्नु हो । यस क्षेत्रका महिलाहरू पछि पर्नुमा यहाँको पुरातनवादी धार्मिक, सांस्कृतिक मान्यताले सिर्जिएको अन्धविश्वास र रूढिवादी परम्परा पनि मुख्य हो । यसका आधारशिलामा संरचना गरिएका असमान कानुन, असमान आर्थिक अधिकार, सामाजिक मान्यताहरू र छोराछोरीमा भेदभावको दृष्टिकोणले नेपाललगायत यस क्षेत्रका महिलाहरूलाई समाजमा निकै पछि पारेको छ । भेदभावको दृष्टिकोणले छोरीहरूको शारीरिक, मानसिक अवस्था, शैक्षिक, राजनीतिक र आर्थिक स्थितिसमेत निकै खराब रहेको छ ।
छोरालाई हरेक दृष्टिकोणले महत्वपूर्ण मान्ने तर छोरीलाई आर्थिक बोझका रूपमा हेर्ने दृष्टिकोणले छोरीको अवस्थालाई अझ कमजोर तुल्याइरहेको छ । आज यस क्षेत्रका महिलाको शैक्षिक स्थितिमा निकै सुधार आएको र कानुनी एवम् आर्थिक समानताका कुरामा सुधारका संकेतहरू देखिएको भए तापनि व्यावहारिक रूपमा स्त्री–जातिमा अझ डरलाग्दा भेदभाव र हिंसात्मक आक्रमणहरू बढिरहेका छन् । यस किसिमको भेदभाव र हिंसात्मक आक्रमणले महिलाहरूको अस्तित्वमाथि नै प्रहार गरिरहेको छ । आज वैज्ञानिक प्रविधिको चरम दुरुपयोग गरी महिलाहरूको जन्मन पाउने अधिकारमाथि नै जुन किसिमले हिंसात्मक प्रहार भइरहेछ, त्यो यसअधिका असमानता र आक्रमणभन्दा  निकै भयानक छन् ।
स्वास्थ्योपचारका निमित्त आविष्कार गरिएका प्रविधिको दुरूपयोग गरेर गर्भमै लिङ्ग पहिचान गरी छोरी जतिलाई निर्ममतापूर्वक हत्या गर्ने बढ्दो प्रवृत्तिले लैङ्गिक समानताका लागि भइरहेका प्रयासलाई अत्यन्त फिका बनाइदिएको छ । स्वास्थ्यजस्तो संवेदनशील पेसामा लागेका डाक्टरजस्ता सम्मानित र मर्यादित व्यक्तिहरूले पैसाका लागि प्रविधिको दुरूपयोग गरेर छोरीलाई गर्भमै मार्न सघाई लिङ्गभेदजस्तो गम्भीर कार्यलाई प्रोत्साहित गरिरहेकाले यो समस्या अझ जटिल बनिरहेको छ ।
गर्भमा आँखाले देख्न सक्नेगरी लिङ्ग छुट्टिएको शिशु भनेको वास्तवमा सिंगो मानिस नै हो । त्यस्ता शिशुहरूको हत्या गर्न कसैले पनि सघाउनुहुँदैन । त्यसमा पनि स्त्री– जातिलाई छानीछानी मार्न सघाउनु हरेक दृष्टिले अपराध हो । मनिसको संरचनाबारे राम्रोसँग बुझेका शिक्षित र सचेत स्वास्थ्यकर्मीहरूले महिलाहरूलाई मात्र नभई सिंगो मानव जातिलाई नै अपमान गर्ने लिङ्गभेद गरी गर्भपतनजस्तो आपराधिक र अमर्यादित कार्य कुनै पनि हालतमा गर्नुहुँदैन । पेसागत हिसाबले पनि यो अनैतिक अपराध नै हो ।
यस्तो कार्यमा डाक्टरको मात्र भूमिका परिवार र समाजका अन्य व्यक्तिहरूको पनि भूमिका हुने भएकाले सम्बन्धित सबैले यस्तो कार्यलाई दुरुत्साहित गर्नुपर्छ । भारतमा यस्तो कार्यलाई गैरकानुनी मानिनुका साथै यस्तो कार्य हुन नदिन विभिन्न संघ–संस्थाहरू, महिलावादीहरू, मानवअधिकारवादीहरू सक्रिय भएको पाइए तापनि नेपालमा यस किसिमका कार्य भएको देखिन्न ।   धेरैले त नेपालमा यस्तो कार्य हुँदैन भन्ने विश्वास लिएको पाइयो । तर, छोरीहरूलाई गर्भमै पहिचान गरी मार्ने प्रवृत्ति नेपालका शहरी क्षेत्रमा प्रशस्तै भएकाले यसलाई रोक्न सरकारी निकायलगायतका महिला हक– अधिकारका लागि कार्यरत संस्थाहरू र मानवअधिकारवादीहरूले यससम्बन्धमा संगठित भएर अभियानकै रूपमा यस्तो अमानवीय र आपराधिक कार्य रोक्न दबाब दिनुपर्ने देखिन्छ ।
 यस्तो अनैतिक र घृणित कार्यमा प्रत्यक्ष सम्लग्न भएकाले यसलाई रोक्न नेपाल मेडिकल एसोसिएसन तथा नेपाल मेडिकल काउन्सिलको महत्वपूर्ण भूमिका हुने देखिन्छ । यस कार्यमा नक्कली डाक्टर र मेडिकल काउन्सिलमा दर्ता नभएका स्वास्थ्यकर्मीहरू पनि संलग्न भएको पाइएकाले मेडिकल काउन्सिल तथा स्वास्थ्य सेवा विभागले यसलाई नियमित र व्यवस्थित गर्नुपर्ने देखिन्छ । हाल अल्ट्रासाउन्ड मेसिनको व्यापक दुरुपयोग भइरहेकाले लाइसेन्स प्राप्त व्यक्तिले पनि स्थानीय प्रशासनमा दर्ता गरेर मात्र चलाउन पाउने व्यवस्था गर्नुपर्ने तर्कहरू पनि आएका छन् ।
गर्भमा लिङ्ग छुट्याई गर्भपतन गर्ने कार्य कानुनले मात्र रोक्न नसक्ने र यो नितान्त नैतिकताको कुरा भएकाले यसबाट हुनसक्ने गम्भीर परिणामहरू विचार गरेर सम्बन्धित सबै पक्षले यस्ता घृणित कार्य रोक्न अग्रसर हुनुपर्ने देखिन्छ । यो समस्या डाक्टरहरूको नैतिकतासँग गाँसिएको महिलाहरूको अस्तित्वको प्रश्न भएकाले उनीहरूचाहिँ बढी सचेत हुनुपर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्